Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बिहानै गोली हान्ने समुहका नाइके सविना र कल्याण सहित यी हुन् (नाम ठेगाना सहित)

हतियार र गोली सहित पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक ५ आइतबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान ,काठमाडौँ, ५ कार्तिक । आज बिहानै काठमाडौँ महानगरपालिका–१६ म्हैपी बहतीपोखरी नजिकै गोली हान्ने समुहका नाइके कल्याण र सविनासहित ५ प्रहरीको फन्दामा परेकाछन् । 

केटीको निउँमा गोली प्रहार,सुरक्षा संयन्त्र निरन्तर ओरालो !

काठमाडौँ महानगरपालिका–१६ म्हैपी बहतीपोखरी स्थित मिड प्वाईन्ट स्नुकर हाउस अगाडी आइतबार गोरखा लाप्राक–४ घर भई काठमाडौँ महानगरपालिका–२६ बस्ने २८ बर्षीय कल्याण गुरुङलाई गोली प्रहार गरेको अभियोगमा नागार्जुन नगरपालिका–५ स्वयम्भू बस्ने ३६ बर्षीय असुन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङलाई काठमाडौँ नयाँबजारबाट आजै प्रहरीले पक्राउ गरेको हो ।

घटनाको अनुसन्धानको लागि प्रहरीले चितवन सौराह–१६ घर भई काठमाडौँ महानगरपालिका–१६ डेरा गरी बस्ने २३ बर्षीया सविना क्षेत्री, नुवाकोट खानीगाउँ–४ घर भई काठमाडौँ महानगरपालिका–१६ नयाँबजार डेरा गरी बस्ने ३५ बर्षीय नवराज लामिछाने र काठमाडौँ महानगरपालिका–१२ बस्ने ३१ बर्षीय सुरेन्द्र शाहीलाई समेत नियन्त्रणमा लिएको छ । 

घाइते गुरुङको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

हतियार र गोली सहित पक्राउ 

रौतहट, राजपुर नगरपालिका–४ बस्ने २७ बर्षीय कासिफ कमरलाई प्रहरीले एयरगन १ थान र सोको गोली ८५ राउण्ड सहित पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय कोप्वापिपरियाबाट गस्तीमा खटिएको प्रहरी टोलीले आइतबार परोहा नगरपालिका–६ स्थित बसन्तपट्टी भेडियाही सडक खण्डमा बा.७३ प.९६५६ नम्बरको मोटरसाइकलमा सवार कमरलाई चेकजाँच गर्दा उक्त हतियार र गोली बरामद भएको थियो ।  

कुटपिटबाट मृत्यु, घटनामा संलग्न पक्राउ  

हुम्ला,  चङखेली गाउँपालिका–३ मिमि बस्ने ५२ बर्षीय पौमल बुढाको कुटपिटबाट मृत्यु भएको छ । बुढालाई कुटपिट गर्ने सोही ठाउँ बस्ने जिवन बुढा र पदम बुढालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार टिका लगाई घर फर्कने क्रममा सोही ठाउँको बाटोमा जिवन र पदम बुढा लगायतका ब्यक्तिहरुले कुटपिट गर्दा घाइते भएकोले उपचारको लागि स्थानीय मेडिकलमा पठाइएकोमा आइतबार मृत्यु भएको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan