Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चित्रकलाकार प्रधानको निधन

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक ६ सोमबार
newsabhiyan

काठमाडौँ, ६ कात्तिक(रासस) : चित्र कलाकार सुरेन्द्र प्रधानको भोजननलीको अर्बुद रोगका कारण आज नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धिमा उपचारका क्रममा ५२ वर्षमा निधन भएको छ ।

सर जेजे स्कुल अफ आर्टस, मुम्बई, भारतबाट स्नातक उहाँ घनवाद र दृष्टान्त चित्रमा क्रियाशील हुनुहुन्थ्यो । उहाँले चार वर्ष प्रसिद्ध कलाकार रामानन्द जोशीबाट चित्रकला सिक्नुभएको थियो । उहाँले धेरै एकल र सामूहिक चित्रकला प्रदर्शनीमा भा लिनाका साथै धेरै सम्मान एवं पुरस्कार प्राप्त गर्नुभएको थियो ।
महाराजगन्जमा बसोबास गर्नुभएका नेपाल जलरङ समाजका संस्थापक सदस्य प्रधान गत जेठको पहिलो हप्तादेखि सो अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उहाँका श्रीमती र छोरा हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरियो ।

उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्न नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्याय, सदस्य सचिव नवराज भट्ट, प्राज्ञ सुषमा राजभण्डारी, पूर्वकुलपति किरण मानन्धर, कलाकार उदयचरण श्रेष्ठ, जीवन राजोपाध्याय, सिर्जन राजभण्डारीलगायत आर्यघाट पुग्नुभएको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan