Wednesday 19th of December | २०७५ पौष ४ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रासायनिक र प्राङ्गारिक मल कारखानाको आवश्यकतामा जोड

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक ६ सोमबार |
newsabhiyan

काठमाडौँ, ६ कात्तिक (रासस) : ‘हजुरबाले भन्थे मलाई दही–दूध खानू नाति, अहिले मलाई खोया बिर्को जाती’– यो गीत आज कलाकार भोजराज काफ्लेले राष्ट्रिय नाचघरमा गाउँदा कृषि राज्यमन्त्री सरिता प्रसाईं र पशुपक्षी मन्त्रालयका सचिव युवकध्वज जिसी फुर्तीसाथ नाच्नुभयो ।

कलाकार काफ्लेको रचनाले विदेशमा पलायन भएका युवालाई दही–दूध तथा मोहीको सट्टा रक्सीमा नरमाउन र अर्काको देशमा पसिना बगाउनाको सट्टा स्वदेशमा कृषिकर्म गर्न अनुरोध गरेको थियो । राष्ट्रिय कृषक समूह महासंघले सांगीतिक जागरणमार्फत ग्रामीण महिलालाई रासायनिक कृषिका विरुद्धमा जगाउन आयोजना गरेको कार्यक्रममा मन्त्री र सचिव एउटै मञ्चमा नाच्नुभएको हो ।

दशौँ अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवसका सन्दर्भमा आयोजित ‘चुनौतीपूर्ण जलवायु अनुकूलनीय कृषिमा ग्रामीण महिला तथा किशोरीका योगदानमा लैंगिक समानता एवं सशक्तीकरण अवसरसहितको सम्मान’ विषयको सांगीतिक कार्यक्रममा तीन हजार २५० कृषक समूहका ग्रामीण महिलाको उपस्थिति थियो ।

कार्यक्रममा कृषि राज्यमन्त्री प्रसाईंले मुलुकमा युवा विदेश पलायन भएकाले कृषिको रुपान्तरणमा गम्भीर चुनौती थपिएको बताउँदै कृषि कर्म गर्छु भन्नेलाई सरकारले प्रचुर सहयोग गर्ने आश्वासन दिनुभयो । हाल विश्वका ८० भन्दा बढी मुलुकमा ४० लाख नेपाली युवा रहेको तथ्याङ्क छ ।

सो अवसरमा सचिव जिसीले राष्ट्रिय अर्थतन्त्र दरिलो बनाउन कृषि नै दिगो र प्रभावकारी माध्यम रहेको बताउनुभयो । कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारीले नेपालमा रासायनिक र प्राङ्गारिक कृषि मल कारखानाको आवश्यकतामा जोड दिनुभयो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan