Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रसंघ र अफ्रिकी संघद्वारा केन्यामा शान्तिपूर्ण निर्वाचन गर्न आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक ६ सोमबार
newsabhiyan

नैरोवी, ६ कात्तिक (रासस-सिन्ह्वा) : संयुक्त राष्ट्रसंघ र अफ्रिकी संघले केन्यामा शान्तिपुर्ण निर्वाचन सम्पन्न गर्न आह्वान गरेका छन् ।

राष्ट्रसंघका महासचिव एन्टेनिओ गुटेर्रेस र अफ्रिका संघका अध्यक्ष मौसा फाकी महमतले संयुक्त रुपमा जारी गरेको वक्तव्यमा निर्वाचनलाई अवसरको रुपमा उपयोग गर्न आह्वान गरिएको छ ।

सरोकारवाला दलहरु, स्वतन्त्र निर्वाचन आयोग लगायतले निष्पक्ष, स्वतन्त्र र मर्यादित निर्वाचनलाई सुनिश्चीत गर्नका लागि नजिक भएर काम गर्न पनि वक्तव्यमा आग्रह गरिएको छ ।
केन्यामा यही अक्टोबर २६ तारिखका दिन पुनः राष्ट्रपतीय निर्वाचन गर्नेगरी सरकार र निर्वाचन आयोगले तयारी गरेको छ ।

“यो निकै संकटपूर्ण अवस्थाबाट मुलुकलाई स्थायित्व र शान्तितर्फ लैजानका लागि काम गर्नु आवश्यक छ,” वक्तव्यमा भनिएको छ । 

दुवै संघले निर्वाचनलाई अवसरको रुपमा व्याख्या गरिरहदाँ प्रमुख प्रतिपक्षी दलका नेता राईला ओडिङ्गाले निर्वाचन बहिस्कार गर्नुभएको छ । उहाँले अहिलेको निर्वाचनमा पनि यसअघिको निर्वाचनमा झै धाँधली हुने र निर्वाचन निश्पक्ष हुन नसक्ने भन्दै निर्वाचन बहिस्कार गर्नुभएको हो ।

यसअघि भएको निर्वाचमा ओडिङगासँग प्रतिस्पर्धा गर्नु भएका राष्ट्रपति उहुरु केन्याटा विजयी हुनुभएको थियो ।
तर उहाँले धाँधली गरेर जितेको भन्दै अदालतमा मुद्धा परेपछि अदालतले धाँधली भएको ठहर सहित पुनः निर्वाचन गराउन आदेश भएबमोजिम पुनः निर्वाचन हुन लागेको हो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan