• FB
  • FB
  • FB
Sunday 22nd of January | २०७३ माघ ९ आइतबार

नाकावन्दी खुलाउन छिटो पहल गर

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार

दक्षिणी छिमेकी मुलुक भारतले ६ दिनदेखि गरेको अघोषित नाकावन्दीले मुलुकका जनता दिनप्रतिदिन आक्रान्त बन्दै गएको छ । विशेषतः राजधानी काठमाडौंमा त्यसको व्यापक प्रभाव परेको देखिएको छ । राजधानीमा पेट्रोल र डिजेलको आपूर्ति कम हुन सडकमा गुड्ने व्यक्तिगत, संस्थागत, सरकारी र सार्वजनिक गाडीको मात्रा एक तिहाई घटेको छ । खाना पकाउने एलपी ग्यासको हाहाकार भएको छ ।

आम जनताले भारतले अघोषित नाकावन्दी गरेको स्पष्ट रुपमा थाहा पाइसकेका छन् । सरकारलाई झन् त्यो विषयमा जानकारी नहुने कुरा नै भएन् । तर, भारत सरकारले भने आफुले नाकावन्दी गरेको नभई सिमा नजिकको नेपालको तराई बेल्टमा चलेको आन्दोलनले आफ्ना गाडी र त्यसका चालक तथा सहचालकको असुरक्षा भएका कारण पठाउन नसकेको बताइरहेको छ ।

विश्वलाई थाहा छ कि भारतले नेपालले प्रजातान्त्रिक प्रक्रियाबाट नया“ संविधान निर्माण गर्दा आफ्ना एजेण्डालाई समावेश नगरी जारी गरेको आक्रोषमा दुःख दिएको हो । जसको प्रत्यक्ष उदाहरण नेपालमा संविधान जारी हुनुको दुई दिन मात्रै अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दुतका रुपमा नेपाल आएर भारतका विदेश सचिवले संविधान जारी गर्ने दिन केहि पर सार्न निर्देश दिनु हो ।

अहिले चलिरहेको संयुक्त राष्ट्रसंघको महासभामा पनि भारतले नेपालमाथि गरिरहेको गतिविधिका विषयमा अन्य मुलुकहरुले आपत्ति जनाएका छन् । विशेषगरी उत्तरी छिमेकी कुलुक चीनले नेपालमा अघोषित नाकावन्दी गर्दा भारतलाई अफ्टेरो पर्ने बताएको छ । चीनका राष्ट्रपतिले महासभालाई सम्वोधन गर्दै साना राष्ट्रलाई ठुला राष्ट्रले दमन गर्ने काम आफुहरुलाई असैय रहेको बताए ।

भारतले आफुलाई विश्वको उदाउ“दो प्रजातान्त्रिक राष्ट्रको रुपमा प्रस्तुत गर्दै आएको छ । तर, त्यही प्रजातान्त्रिक प्रक्रियालाई अवलम्वन गरेर छिमेकी सानो राष्ट्रले संविधान जारी गर्दा उसलाई के को आपत्ति ? नेपालले संिवधान जारी गरेको नेपाल र नेपालीका लागि हो । भारतका लागि होइन । त्यसैले नेपालका राजनीतिज्ञले दहे मुटु बनाएर भारतलाई जवाफ दिन सक्नु पर्छ यदि नाकाबन्दी कायम राखेमा अन्र्तराष्ट्रिय अदालतको ढोका सम्म पुग्न पनि पछि पर्नु हुन्न ।

त्यतिमात्रै होइन, भारतलाई यसभन्दा अघि उसले गरेका सन्धी सम्झौताका विषयमा पनि भारतको ध्यानाकर्षण गर्नुपर्छ । समस्याको समाधान द्वन्द्वबाट हुदैन ।

सहमति र बार्ताबाट गर्नुपर्छ । त्यसका लागि दुबै पक्ष तयार हुनु आवश्यक छ । सहमति भनेको दुबै पक्षका कुरा केहि न केहि रुपमा समेटिने र केहि लेनदेन गर्ने विषय हो ।

यसका लागि दुवै पक्ष सहमत भएमा कुनै फरक नपर्ने देखिन्छ । सरोकार वालाहरु छलफलमा बसी छिटो भन्दा छिटो नाकावन्दी खुलाउन पहल गर्नु पर्ने देखिन्छ ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan