Saturday 16th of December | २०७४ पौष १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

खेमराजको त्यागले एमालेमा चर्चा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २६ आइतबार
newsabhiyan
newsabhiyan

टाेमराज मेहता ,

त्याग सबैले गर्न सक्दैन । त्याग नै बलिदान हो । पदिय लोभले गन्तव्य सम्म पुग्दैन । संगठन बलियो बनाउन त्याग र सहनशिलताको अति आवश्यक पर्द्छ । यो भनाई हो एमालेका प्रदेश नम्बर १का सदस्य खेमराज पोख्रेलको । उनी सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका प्रत्यासी उम्मेदवार थिए । तर मुलुक भरिनै एमाले र माओवादीको गठवन्धन भएपछि पार्टीको निर्णयलाई आत्मसाथ गर्दै पछि हटेकोले एमालेभित्र चर्चाका पात्र बनेका छन ।

प्रतिनिधि सभाका उम्मेदवार बन्ने इच्छा हुदाहुदै पनि आफू एमाले पार्टीले गरेको निर्णय विपरीत जान नसकेको बताउँछन् । अहिले वामगठवन्धनका उम्मेदवारहरुलाई कम्मर कसेर जिताउने अभियानमा लागि परेका छन पोखरेल ।

खेमराजको यो त्यागले एमाले भित्र चर्चा परिचर्चा सुरु भएको छ । यो त्यागले नै पोखरेलको राजनीति उचाइमा पुगेको एमाले नेता तथा कार्यकर्ताहरु गुनगुनाउन थालेका छन् ।
चिया पसल, पान पसल, पत्रपत्रिका र अनलाइनमा आफै मपाई भन्दै दुनियाँ हसाउने काम नगर्नुले आज खेमराज पोखरेलको राजनीतिक उचाई अगाडि बढेकाे देखिन्छ ।

एमालेले सुनसरीमा मलाई पटक पटक उम्मेदवार बनाएकोले म सन्तुष्ट नै छु । म अवसरवादी बन्न नचाहेको उदाहरण जनता माझ पस्केको छु । अवसर सबैलाई दिनुपर्छ । नेतृत्व गर्ने अनुभव सबैले बटुल्न सके मात्र पार्टी भित्र समान अवसरको परिचय दिन सकिन्छ । यस्ता भनाईहरु जनतामाझ राख्दै वामगठवन्धनका उम्मेदवारहरुलाई जिताउने अभियानमा व्यस्त देखिन्छन् पोखरेल ।

२०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४ मा पराजित खेमराज पोख्रेल दोश्रो संविधान सभाको निर्वाचनमा पनि पराजित भएका थिए ।

हरेक निर्वाचनमा आफू नै चुनावमा उम्मेदवार बनि जनतासङ्ग भोट माग्नु उचित नहुने र पार्टीले पनि उम्मेदवारको सिफारिस न गरेकोले प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा सहयोगीको भुमिका निर्वाह गर्नु नै जनतामा लोकप्रियता बढने पोखरेलको बुझाइ छ ।

एमाले सुनसरीको उप सचिव , उपाध्यक्ष , राष्ट्रिय प्रतिनिधि परिषद सदस्य , अञ्चल सदस्य पद सम्हालिसकेका पोखरेल हाल प्रदेश नम्बर १ का सदस्य पदमा नेतृत्व गरिरहेका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan