Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

काठमाडौं विश्वविद्यालयले निर्धारण गरेको विद्यार्थी शुल्क कानुनविपरीत

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २८ मंगलबार
newsabhiyan

काठमाडौं, कात्तिक २८ ।
काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षाको लागि विद्यार्थीसँग लिइने शुल्क कानुनविपरीत बढाएको भन्दै आलोचना भएको छ । चालू शैक्षिक सत्रका लागि मन्त्रिपरिषद्का बैठकले तोकेको सीमाबाहिर गएर शुल्क निर्धारण गरेको भन्दै गुनासो आएपछि चिकित्सा शिक्षा आयोगले छानबिन थालेको हो ।

आयोगको छानबिन केयूका उपकुलपतिको स्पष्टीकरणबाट सुरु हुने भएको छ । आयोगले उपकुलपति डा. रामकण्ठ मकाजुलाई बोलाएर स्पष्टीकरण लिने निर्णय गरेको छ । चालू शैक्षिक सत्र एमबीबीएस र बीडीएस तहमा बढी शुल्क लिएको भन्दै चौतर्फी आलोचना भएको थियो । केयूको सम्बन्धनमा सञ्चालन भएका मेडिकल कलेजलाई सरकारले निर्धारण गरेको शुल्क सीमाभन्दा बढी रकम उठाउन केयूले नै छुट दिएको थियो । निजी मेडिकल कलेजलाई केयूले साढे सात लाखसम्म बढी रकम लिन छुट दिने निर्णय गरेको छ । केयूको निणर्यमा आपत्ति जनाउँदै आयोगमा गुनासो पुगेको थियो । आयोगले एक चरण अध्ययन गरिसकेको जनाएको छ । अब आयोगले पूर्ण छानबिन गरी कारबाही गर्ने वा सच्याउन अवसर दिने विषयमा निर्णय गर्ने जनाएको छ ।

सरकारले एमबीबीएसका लागि उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तोकेको छ । केयूले भने सरकारको निर्णयविपरीत काठमाडौंबाहिरका मेडिकल कलेजलाई ४९ लाख ९० हजारसम्म शुल्क लिन पाउने व्यवस्था गरेको छ । केयूले सबैभन्दा बढी पोखरास्थित मणिपाल र चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज भरतपुरलाई ४९ लाख ९० हजार शुल्क लिन पाउने व्यवस्था गरेको हो । सरकारी निर्णयअनुसार बीडीएसतर्फ १९ लाख ३२ हजार छ सय १२ रुपैयाँ शुल्क तोकेकोमा केयूले २२ लाख रुपैयाँ असुल्न अनुमति दिएको पाइएको हो । आर्थिक दैनिकबाट


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan