Saturday 16th of December | २०७४ पौष १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

'सुरक्षा सर्तकतामा नेतृत्व लाचार'

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २८ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ कार्तिक । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन जति जति नजिकिदै छ, त्यति त्यति सुरक्षा चुनौति बढिरहेको छ । मंगलबारसम्म तीन जना उम्मेदवार बम प्रहारमा परेका छन् ।

नेकपा एमालेका प्रदेशसभा उम्मेदवार शेरधन राईलाई लक्षित मंगलबार भोजपुरमा, माओवादी केन्द्रका नेता तथा विना विभागीय मन्त्री जनार्दन शर्मा रुकुममा र माओवादी केन्द्रकै अर्का नेता वर्षमान पुनलाई रोल्पाको माडी गाउँपालिका–१ भिट्टाबाङको जंगलमा खाक्रमण प्रयास भएको छ ।

उम्मेदवारलाई आक्रमण गर्ने प्रयास मात्र होइन, नेपाल कम्युनिष्ट पार्टीले खोटाङले प्रदेशसभा (क) का कांग्रेस उम्मेदवार सुवास पोखरेल, हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, राप्रपा नेता चन्द्रसिं बस्नेत र उनका छोरा गिरीराज बस्नेतको घरजग्गा जग्गा कब्जाको घोषणा गरेको छ । उम्मेदवार आक्रमण गरेको पनि सोहि पार्टीका कार्यकर्ताले हो ।

त्यतिमात्रै होइन, काठमाडौमै ट्याक्सी चालकको ट्याक्सीभित्रै हत्या हुनु, भारतीय नागरिक हतियारसहित काठमाडौं र पोखराबाट पक्राउ हुनुले झन सुरक्षा चुनौति थपिएको छ । तर, त्यसको जिम्मेवारी लिएर सुरक्षा चुस्त दुरुस्त बनाउनु पर्ने निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका नेतृत्वकर्ता कानमा तेल हालेर बसेका छन् ।

उनीहरुको एउटै मात्र ओठे जवाफ आउँछ गृहमन्त्रालय नेतृत्व विहिन भएर रणनीति बनाउन नपाउँदा सुरक्षा चुनौति बढिरहेको छ । अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्रालय आफुले राखेका छन् ।

देश चुनावमा होमिएका बेला प्रधानमन्त्री देउवा स्वयम पनि उम्मेदवार भएकाले आवस्यक परेका वेला उपस्थित भएर चुनावी कार्यक्रम र अन्य कार्यक्रममा व्यस्त भएका छन् ।

तालुकवाला मन्त्रालय प्रधानमन्त्री स्वयंसंग भएपछि गृहसचिवले मन्त्रालयको नेतृत्वकर्ताका हैसियतले सुरक्षा निकायले गरिरहेका कामको अनुगमन र निर्देशन सुरक्षा चुनौतीलाई कसरी निराकण गर्ने भन्ने रणनीति बनाउनु पर्ने हो ।

तर, उनीपनि कानमा तेल हालेर बसेका छन् । उनी मात्र होइन नेपाल प्रहरीका महानिरिक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका महानिरिक्षक सिंहबहादुर श्रेष्ठपनि आफ्नो जिम्मेवारी उचित तरिकाले पुरा गर्न सकिरहेका छैनन् । यसले समस्या निम्त्याएको छ ।

आफ्नो नेतृत्वमा चुनावी सुरक्षा रणनीति बनाएर गृह प्रशासन चुस्तदुरुस्त बनाउनु पर्ने भएपनि गृहसचिव मोहनकृष्ण सापकोटा अहिले कानमा तेल हालेर बस्दा यो समस्या निम्तिएको स्वयं गृहका अधिकारीहरु भन्छन् ।

‘मन्त्री नभएको अवस्थामा गृहसचिव ज्यूले तदारुकताका साथ कार्य सम्पन्न गर्न रणनीति बनाउनु पर्ने हो । तर उहाँ आफ्ना दैनिक काममै व्यस्त रहेको बताउनुहुन्छ । त्यसले समस्या निम्त्याएको छ’ गृहका एक सहसचिवले भने ‘जसको परिणमा अहिले धमाधम उम्मेदवारमाथि आक्रमण हुन थालेका छन् ।’

चुनावी सुरक्षालाई मध्यनजर गर्दै हरेक प्रदेशमा सुरक्षा बैठक बसेको छ । प्रदेश सुरक्षा बैठकमा मन्त्री नभएको अवस्थामा सचिवले नेतृत्व गर्नुपर्छ । जनकपुरमा भएको पहिलो प्रदेश सुरक्षा बैठकमा प्रधानमन्त्री देउवा उपस्थित हुनभयो ।

पोखरामा गएको शुक्रबार भएको प्रदेश सुरक्षा बैठकमा उहाँ उपस्थित नभएपछि गृहसचिवले त्यसको नेतृत्व लिनु पर्ने भएपनि सापकोटाले त्यति चासो दिएका छैनन् ।

२८ कात्तिकमा नेपालगञ्ज, २९ कात्तिकमा धनगढी र एक मंसिरमा विराटनगर र धुलिखेलमा प्रदेश सुरक्षा बैठक हुँदैछ । जसमा सम्भव भए प्रधानमन्त्री नभए गृहसचिवको नेतृत्वमा बैठक बसेर सुरक्षा रणनीति निर्माण गर्नु पर्ने हो ।

पछिल्लो समय देखा परेका साना हतियार, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको चुनावी खारेज अभियान, लिम्बुवान, खुम्बुवान मोर्चाका कारण चुनावको सुरक्षामा चुनौती बढेको छ । त्यसको निराकण गर्ने काम नेपाल प्रहरीको हो । त्यसमा पनि प्रहरीको नेतृत्व सक्षम देखिएको छैन । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan