Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बीओकेको सेयर १०० मा नै आउने, हकप्रद लिलामीको अकुत धन्दा !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २८ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ कार्तिक । बैंक अफ काण्डमाण्डूले जारी गर्न लागेको नयाँ संस्थापक सेयर लिलाम बढाबढमार्फत बिक्री हुने भएको छ । बैंकले फेस भ्यालूमा ११६ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २६६ रुपैयाँमा लिलाम गर्ने अनुमति मागे पनि नेपाल धितोपत्र बोर्डले प्रिमियम मूल्य बिना नै लिलाम बिक्री गर्न निर्देशन दिएको हो ।

धितोपत्र बोर्डले प्रिमियम मूल्य बिना नै फेस भ्यालू (अंकित मूल्य अर्थात् प्रतिकित्ता १०० रुपैयाँ) मा संस्थापक सेयर लिलाममार्फत् बिक्री गर्न निर्देशन दिएको हो । अब बैंकले संस्थापक सेयरबाट प्रिमियम कमाउने सम्भावना पनि कम भएको छ ।

अब लिलामीमा सहभागी हुने लगानीकर्ताले अंकित मूल्यभन्दा बढी रकम कबोल गरेमा मात्रै बढी कबोलेको रकम बराबर प्रिमियम मानिनेछ । यसअघि बैंकले एफपीओ निष्काशन गर्ने प्रस्ताव गरेको भए पनि बोर्डले नियममा संस्थापक सेयरको मात्रै एफपीओ निष्काशन गर्ने व्यवस्था नगरहेको भन्दै निवेदन फिर्ता गरेको थियो ।

बैंकल पहिलोपटक प्रिमियम मूल्यसहित प्रतिकित्ता ३१० रुपैयाँमा एफपीओ बिक्री गर्ने प्रस्ताव गरेको थियो । धितोपत्र बोर्डको निर्देशनअनुसार बैंकले अब ६१ लख ५८ हजार ६७ कित्ता थप संस्थापक सेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमा बिक्री गर्नु पर्नेछ ।

सूचीकृत कम्पनीहरुले थप नयाँ संस्थापक सेयर निष्काशन गर्नेसम्बन्धी व्यवस्था नभएको भन्दै बोर्डले एफपीओ निष्काशनको अनुमति मागेको बैंकको आवेदनलाई सूचीबाटै हटाएर अन्ततः लिलामी प्रक्रियामा जान निर्देशन दिएको हो ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड रहेको छ । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ६२ करोड छ । बैंकले लुम्बिनी बैंकसँगको मर्जपछि संस्थापक साधारण सेयर अनुमति ५१ः४९ बनाउन एफपीओ निष्काशनको तयारी गरेको हो ।

यसअघि बैंक आफ काठमाण्ड्रमा रहेको थाइल्याण्डको विदेशी साझेदारको लगानी नेपाली लगानीकर्तालाई बिक्री गर्दा संस्थापक सेयरको स्वामित्व घटेर ४२ प्रतिशतमा झरेको थियो । त्यसपछि राष्ट्र बैंकले कम्पनी ऐनअनुसार संस्थापक सेयरधनीको स्वामित्व कम्तीमा ५१ प्रतिशत हुनुपर्ने भएकाले सोहीबमोजिम हुने व्यवस्था मिलाउने निर्देशन दिएको थियो ।

बीओके र लुम्बिनीको मर्जरपछि पनि यसको सेयर संरचना अनुपात मिलेको छैन । मर्जपछि संस्थापक सेयर स्वामित्व ४५ः६४ प्रतिशत कायम भएको थियो । सर्वसाधारणको स्वामित्व ५४ प्रतिशत छ भने संस्थापकको स्वामित्व ४५ प्रतिशत मात्र छ । संस्थापक एफपीओ निष्काशनपछि बैंकको चुक्ता पुँजी ६ अर्ब २४ करोड पुग्ने थियो ।

हकप्रद लिलामीको अकुत धन्दा
विगत एक वर्षमा मात्रै बैंकहरुले बिक्री नभएको हकप्रद लिलामी गरेरै करिब ३ अर्ब रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । बैंकहरुले निष्काशन गरेको हकप्रद सेयर भर्नका लागि आफ्नो सेयरधनीलाई खासै सूचना दिँदैनन् ।

सकेसम्म थाहा नपाए पनि हुने शैलीमा औपचारिक सूचनामात्र प्रवाह गरेर हकप्रद बिक्री कम होस् भन्ने हिसाबले काम गर्छन् । यसरी बिक्री नभएको हकप्रद लिलामी महंगोमा लिलामी गरेर आफ्नो नाफा बढाउने धन्दामा बैंकहरु लागेका छन् । गतसाता मात्रै माछापुच्छ्रे बैंकले १ लाख ६० हजारभन्दा बढी कित्ता सेयर लिलामी गर्यो ।

करिब ३ सय रुपैयाँ माथि बिक्री भएको यसबाट बैंकले ३ करोडभन्दा बढी रकम मुनाफा गर्यो । यस्तै, एभरेष्ट बैंकले बिक्री नभएको ३५ हजार ८४१ कित्ता हकप्रद सेयर गत असोज २० देखि २७ गतेसम्म लिलामी गर्यो । त्यसमा न्यूनतम ११ सयभन्दा माथि नै लगानीकर्ताले कबोलेर सेयर किने ।

सिद्धार्थ बैंकले भदौ ६ देखि १४ गतेको अवधिमा आफ्नो २ लाख ५३ हजार ९ सय २२ कित्ता हकप्रद सेयर लिलामी गर्यो । नेपाल एसबीआई बैंकले साउन ९ देखि १६ गतेसम्म ४ लाख ६९ हजार ५२ कित्ता सेयर लिलामी गर्यो ।

लगानीकर्ताले एक सय रुपैयाँमा किन्न पाउने सेयर यी बैंकहरुले न्यूनतम एक सय रुपैयाँमा सिलबन्दी गरेर बेचे । यसरी बेचिएको सेयरको प्रतिसेयर एक सय रुपैयाँ कम्पनीको चुक्ता पुँजीमा गणना गरिन्छ भने बाँकी रकम जगेडा कोषमा राखिन्छ । अझ सनराईज बैंकको सेयर लिलामीमा त १२ हजार जनाले आवेदन दिएका थिए । सेयर लिलामीको आवेदन फारम नै १०० रुपैयाँमा बिक्री गरेको सो लिलामीमा करिब १५ लाख रुपैयाँ त फारम बिक्रीबाटै मुनाफा भयो ।

लिलामीको धन्दा
जतिबेला धितोपत्र बोर्डले बिक्री नभएको हकप्रद सेयर लिलाम बिक्री गर्न पाउने नियम बनायो । त्यसपछि विकृति पनि सुरु भयो । केही वर्षअघिसम्म हकप्रद निष्काशनमा आफ्नो हकभन्दा बढी माग गरेर हकप्रद भर्न पाउने प्रचलन भयो ।

यदि हकप्रद बिक्री नभएमा बढी माग गरेको सेयरधनीलाई बाँडफाँड गरिन्थ्यो । तर पछि, बोर्डले हकप्रदको हकभन्दा बढी सेयर नदिने र बाँकी रहेको सेय लिलामीमार्फत बिक्री गर्ने नियम ल्यायो । सोही नियमको दुरुपयोग गर्दै कम्पनीहरुले सकेसम्म बिक्री नहोस् भन्ने हिसाबले हकप्रद निष्काशन गर्ने, अथेष्ट सूचना नदिने, म्याद नथप्ने र कतिपय सामान्य गल्ती देखाएर आवेदनसमेत रद्द गरी लिलामीका लागि सेयर राख्ने गर्न थाले ।

एउटै कम्पनीले एकै वर्षमा हकप्रद लिलामीबाट ५० करोड रुपैयाँसम्म प्रिमियम संकलन गरेको रेकर्डमा देखिन्छ । सिटिजन्स बैंक, एनबी बैंक, सिद्धार्थ बैंकलगायतका कम्पनीले एकै वर्षमा २ पटक हकप्रद निष्काशन गरी लाखौं कित्ता सेयर लिलामी गरेर ५० औं करोड प्रिमियम असुलेका छन् ।

बिना व्यवसाय, बिना लगानी सेयरधनीको सम्पत्तिको रुपमा मानिने हकप्रद लिलामी गरेर कम्पनीले मुनाफा कमाएको देखाउन नियत राख्ने बैंक व्यवस्थापन र यस्तो नियम बनाउने धितोपत्र बोर्ड दुवै दोषी देखिएका छन् । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकहरुलाई चुक्ता पुँजी ८ अर्ब पुर्याउनुपर्ने भएपछि अधिकांशले हकप्रद सेयर निष्काशन गरेका थिए ।

अंकित मूल्यमा हकप्रद सेयरमा लगानी गरेर लगानीकर्ता पुँजी आर्जन गर्न नखोज्नु भनेको लगानीकर्ता जानकार नहुनु वा स्वदेशमा नहुने नै हो । सामान्यतया वाणिज्य बैंकहरुको सेयर मूल्य दोस्रो बजारमा अंकित मूल्यभन्दा धेरै नै छ ।

अंकित मूल्यको धेरै गुणासम्म माथि भएका कम्पनीको पनि हकप्रद सेयर नबिक्नु भनेको सेयरमा लगानी गरी लगानीकर्ताले चासो प्रभावकारी रुपमा नराखेको स्पष्ट हुन्छ । बैंकहरुले चुक्ता पुँजी बढाउनका लागि निष्काशन गरेको हकप्रद सेयरमार्फत लिलाम बिक्री गर्दा राम्रै प्रिमियम संकलन भएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले बताए ।

बैंकहरु हकप्रद सेयरमार्फत संकलन गरेको प्रिमियमा रकम सञ्चितीमा जम्मा गर्छन्, उनले भने, यसरी जम्मा भएको रकमबाट बोनस सेयरमात्र वितरण गर्न मिल्छ । सेयमार्फत संकलन भएको प्रिमियम बोनस सेयर वितरणका लागि नै प्रयोग हुने उनले बताए ।

बैंकहरुले चुक्ता पुँजी बढाउने आधार भनेको नयाँ निष्काशन, हकप्रद र बोनस सेयर हुन् । त्यसमध्ये प्रिमियममा निष्काशन भएको फर्दर पब्लिक अफरिङ र बिक्री नभएको हकप्रद सेयर बढाबढ लिलाम बिक्री गर्दा प्रिमियम संकलन हुन्छ, सेयर बजारमा उल्लेख छ ।

कम्पनीले अंकित मूल्य एक सय रुपैयाँभन्दा धेरेमा सेयर बिक्री गरको खण्डमा त्यो रकम प्रिमियम हो । यसरी प्रिमियममार्फत संकलन गरेको रकम बैंकहरुको सञ्जित कोषमा जम्मा हुन्छ । सो रकममार्फत बैंकहरुले सेयरधनीलाई प्रतिफलको रुपमा बोनस सेयरमात्र वितरण गर्न पाउँछन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan