Saturday 16th of December | २०७४ पौष १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नयाँ 'जंगबहादुर'को उदय भन्दै मसाल लिएर अर्जुन राना आए

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २८ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं ।  नयाँ 'जंगबहादुर'को उदय हुँदै भन्दै मसाल लिएर स्याङ्जा २ मा अर्जुन राना जनता विच भोट भाग्दै आएकाछन् । यूवा नेताको परिचय बनाइ सकेका राना संघिय समाजवादी फोरमबाट प्रतिनिधी सभाका लागि उम्मेदवार बनेका हुन् ।

खरो टिप्पणी, राष्ट्रिय ,अन्तराष्ट्रिय राजनीति नियालेका रानाले अब बन्ने सरकारले १५ खर्बको बजेट बनाउनु पर्ने बाध्यात्मक चुनौती आईपर्नेछ बताए ।

जसकारण जनताले आउने दिनहरुमा अनियन्त्रित मुल्यवृद्धी सामना गर्नुपर्ने हुनसक्छ ,खबरदारीका लागि सक्रिय हुनु पर्ने पनि बताएकाछन् । त्यस अवस्थामा ठुला भनाउँदा दलहरु र त्यस्का हेभिवेट नेताहरु लाचार मुकदर्शक हुनेछन् ।

त्यो विषम परिस्थिती र संकटबाट मुलुकलाई जोगाउने र परिआएको खण्डमा, सार्वभौमसत्ता र अखण्डतामा कुनै सम्झौता नगरी, तार्ने सामर्थ्य र भिजन भएको हुनाले  आफ्नो उम्मेदवारी भएको न्यूज अभियान डट कम प्रतिनिधीसँगको कुराकानीमा उनले बताए ।

नयाँ जंगबहादुरको उदय हुँदै भन्ने नाराका साथमा मसाल चुनाव चिन्ह लिएर उनी निर्वाचनमा हाम फालेकाछन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan