Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पेस्तोलसहित एक व्यक्ति पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक ३० बिहिबार
newsabhiyan

धनगढी, ३० कात्तिक (रासस) : धनगढी उपमहानगरपालिका–७ को धनगढी गाउँबाट गएराति प्रहरीले एकजनालाई नलकटुवा पेस्तोलसहित पक्राउ गरेको छ ।

धनगढी वडा नं ८ क्याम्पस रोड बस्ने राकेश चौधरीलाई रातिको समयमा शंका लागी गस्तीमा रहेको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट उक्त हतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढामगरले बताउनुभयो ।

उक्त पेस्तोल सीमापारिबाट ल्याइएको हुनसक्ने र घटनाका बिषयमा अनुसन्धान भइरहेको प्रवक्ता बुढामगरले बताउनुभयो । लागुऔषधको कारोबारमा संलग्न रहेको भनिएका राकेश प्रहरीको खोजी सूचीमा रहेको जनाइएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan