Saturday 16th of December | २०७४ पौष १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नयाँ मतदाताको परिचयपत्र मंसिर ८ र ९ गते वितरण

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक ३० बिहिबार
newsabhiyan

काठमाडौं । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य चुनावका लागि स्थानीय तह चुनावमा फोटोसहितको मतदाता परिचयपत्र बुझ्न बाँकी रहेका तथा नयाँ मतदातालाई परिचयपत्र वितरण गरिने भएको छ ।

२०७४ भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी २०७४ भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका एवं नामावली सार्न, सच्चाउन निवेदन दिएका मतदाताहरुको परिचयपत्र पहिलो चरणको चुनाव हुने ३२ जिल्लामा मंसिर ८ र ९ गते सोही जिल्लाको सम्बन्धित मतदान केन्द्रमा मतदान कार्यमा खटिएका कर्मचारीबाट वितरण गरिने व्यवस्था गरिएको छ ।

दोस्रो चरणमा मतदान हुने ४५ जिल्लामा सम्बन्धित मतदान केन्द्रमा मतदान कार्यमा खटिएका कर्मचारीबाट परिचयपत्र वितरण हुने छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan