Saturday 16th of December | २०७४ पौष १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सर्वोच्चमा अतिरिक्त समयमा पनि इजलास बस्ने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १ शुक्रबार
newsabhiyan
newsabhiyan

काठमाडौं, १ मंसिर ।  मुद्दाको सङ्ख्या बढी भएपछि सर्वोच्च अदालतमा शुक्रबारदेखि अतिरिक्त समय इजलास बस्ने भएको छ ।

कायम रहेका न्यायाधीशबाटै अदालतमा विचाराधीन मुद्दा फछ्र्यौट गर्नुपर्ने अवस्था रहेको भन्दै सर्वोच्चले अतिरिक्त इजलास कायम गर्ने निर्णय गरेको हो ।

सर्वोच्चले केही समयअघि अतिरिक्त इजलास सञ्चालन गर्ने गरी सर्वोच्च अदालत नियमावली परिमार्जन गरेको थियो ।

सर्वोच्चमा आर्थिक वर्ष २०७३र७४ को अन्त्यसम्म अहिले २२ हजारभन्दा बढी मुद्दा विचाराधीन छन् । संवैधानिक व्यवस्थाअनुसार सर्वोच्चमा प्रधानन्यायाधीशका अतिरिक्त २० न्यायाधीश रहने व्यवस्था छ ।

सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले शुक्रबारदेखि अतिरिक्त समय इजलास बस्ने गरी निर्णय भएको बताउनुभयो ।

पन्थीले भन्नुभयो- ‘शुक्रबारबाटै अतिरिक्त समय इजलास लाग्ने छन् । आजको गोरखापत्रमा खबर छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan