Saturday 16th of December | २०७४ पौष १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पुरानै परिचयपत्रका आधारमा मतदान गर्न पाइने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १ शुक्रबार
newsabhiyan
newsabhiyan

काठमाडौं, १ मंसिर ।  निर्वाचन आयोगले मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि स्थानीय तह निर्वाचनमा परिचयपत्र बुझ्न बाँकीका साथै नयाँ मतदातालाई परिचयपत्र वितरण गर्ने भएको छ । 

स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरि सकेका मतदाताहरूले सोही परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन् ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार २०७४ भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी २०७४ भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका एवम् नामावली सार्न र सच्चाउन निवेदन दिएका मतदाताले नयाँ परिचय पाउनेछन् ।

पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लामा मङ्सिर ८ र ९ गते सोही जिल्लाको सम्बन्धित मतदान केन्द्रमा मतदान कार्यमा खटिएका कर्मचारीबाट वितरण गरिने व्यवस्था गरिएको छ ।

त्यसैगरी, दोस्रो चरणमा मतदान हुने ४५ जिल्लामा सम्बन्धित मतदान केन्द्रमा मतदान कार्यमा खटिएका कर्मचारीबाट मङ्सिर १९ र २० गते परिचयपत्र वितरण हुनेछ । आजको गोरखापत्रमा खबर छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan