Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बमले माफी पाउनेमा आशावादी छु : राष्ट्रपति

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १ शुक्रबार
newsabhiyan
newsabhiyan

काठमाडौं, १ मंसिर ।  संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले मृत्युदण्डको सजाय पाएका अमरबहादुर बमलाई माफी दिन पीडित परिवारलाई अनुरोध गर्ने भएको छ । धारी–५, दार्चुलाका बम १५ वर्षदेखि दुबईको अबिर जेलमा छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यूएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री शेख मोहमद विन रसिद अल मोक्तुमसमक्ष बमलाई माफी दिन अनुरोध गरेकी थिइन् । प्रधानमन्त्री मोक्तुमले माफी दिनका लागि पीडित परिवारलाई सरकारका तर्फबाट अनुरोध गर्ने बताए ।

यूएईका राष्ट्रपति लामो समयदेखि सार्वजनिक रूपमा देखिएका छैनन् । ‘नेपालीहरू इमानदार छन् । अपराधजन्य घटनामा परेको सुन्दा हामी अचम्ममा परेका छौं,’ प्रधानमन्त्री मोक्तुमको भनाइ उद्धृत गर्दै भ्रमण टोलीका एक सदस्यले कान्तिपुरलाई भने, ‘पीडित परिवारसमक्ष हामी छलफल गर्छौं ।’

यूएईको कानुनअनुसार अदालतले फैसला गरिसकेको मुद्दामा पीडित परिवारले माफी दिन सक्ने प्रावधान छ । बमलाई माफी दिन सरकारले यूएई सरकारसमक्ष पहल जारी राखे पनि पीडित परिवारसमक्ष अनुरोध गरेको छैन ।

राष्ट्रपति भण्डारीले बमलाई माफी मिल्नेमा आफू आशावादी भएको बताइन् । ‘जेलजीवन बिताउँदाको क्षण हामी सजिलै कल्पना गर्न सक्छौं । अमरले भोगेको पीडामा नेपाल र नेपाली दु:खी छन्,’ यूएईमा रहेका नेपाली समुदायलाई सम्बोधन गर्ने क्रममा उनले भनिन्, ‘त्यसलाई मैले सम्बन्धित ठाउँमा उठाएकी छु र जवाफले आशावादी छु ।’

भारतीय व्यापारी शरद सेठ्ठीको हत्यामा संलग्न भन्दै यूएईको अदालतले दुई भारतीयसहित बमलाई मृत्युदण्डको फैसला सुनाएको थियो । तर, बमले चलाएको गाडीमा गएर सेठ्ठीलाई गोली हान्ने भारतीय नागरिकद्वय मनोज मुदाना र करनसिंह राजपुतले उनी निर्दोष रहेको लिखित बयान दिएका छन् ।

हत्या योजनाबारे बम बेखबर रहेको र गाडी मात्र चलाएको भनेर उनलाई माफी दिन भारतीय नागरिकहरूले औंठाछाप गरेर निवेदन पनि दिएका छन् । तैपनि, उनी छुटेका छैनन् । आजको कान्तिपुर दैनिकमा खबर छ  । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan