Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उत्पादक कम्पनीसँग सीधै औषधि खरिद गर्न सुझाब

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १ शुक्रबार
newsabhiyan
newsabhiyan

काठमाडौं, १ मंसिर  ।  जनतालाई सस्तो र गुणस्तर औषधि उपलब्ध गराउन सरकार आफैँले औषधि खरिद गर्नुपर्ने सुझाब सरकारी समितिले दिएको छ । सरकार आफैँले उत्पादक कम्पनीसँग औषधि खरिद गरे उपभोक्ताले अहिलेको भन्दा कम मूल्यमा औषधि पाउनेछन् ।

सुपथ मूल्यमा गुणस्तरीय औषधि खरिद गरी सरकारी अस्पतालका फार्मेसीमार्फत उपलब्ध गराउने सम्बन्धमा सरकारले गठन गरेको सिफारिससहित सुझाब समितिले तयार पारेको प्रतिवेदनले सरकार आफैँले औषधि किने जनताले सस्तोमा पाउने देखाएको हो ।

कडा रोगमा प्रयोग हुने नयाँ प्रविधिबाट उत्पादन भएका औषधिहरू विभिन्न देशबाट पैठारी भई नेपाली बजारमा उपलब्ध छन् । कडा रोगका औषधि विदेशबाट आयात हुँदा महँगोमा किन्नु परेकाले यसलाई कम गराउन सरकार आफैँले खरिद गर्नुपर्ने समितिले जनाएको छ ।

सार्वजनीक खरिद अनुगमन कार्यालयका सचिव तथा समिति संयोजक विनोद केसीले सरकार आफैँले उत्पादक कम्पनीसँग औषधि किने नागरिकले सोचेभन्दा कम मूल्यमा औषधि पाउने बताए । समितिले चार महिना लगाएर नेपाल औषधि उत्पादक संघ, छिमेकी देशको औषधि खरिद र व्यवस्थापनसम्बन्धी व्यवस्थाबारे अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो ।

४५५ औषधिको बजार हिस्सा स्वदेशी
नेपालमा कम्तीमा पनि ४ सय ५५ औषधिको बजार हिस्सा स्वदेशी उत्पादनको रहेको प्रतिवेदनले देखाएको छ । केसीले भने, ‘विभिन्न देशमा उत्पादन भएका औषधिहरू नेपाली बजारमा आइपुग्दा उत्पादन मूल्यभन्दा धेरै बढी मूल्यमा उपभोक्ताले खरिद गर्नुपरेको छ । विभिन्न व्यापारिक तहको मुनाफा र चिकित्सकलाई दिनुपर्ने कमिसनका कारण उपभोक्ताले औषधिमा धेरै मूल्य तिर्नुपरेको हो ।’ हाल केही औषधि नेपाल सरकारले निःशुल्क वितरण गर्ने व्यवस्था गरेको छ । तर, पर्याप्तता, औषधिको पहुँचजस्ता कारणले आम जनताले अझै लाभ लिन नसकेको प्रतिवेदनमा उल्लेख छ । सरकारले सीधै कम्पनीसँग औषधि खरिद गर्दा २२ प्रतिशतसम्म कम मूल्यमा औषधि पाइने केसीले बताए ।

औषधि खरिदको जिम्मा स्वायत्त निकायलाई
केसीले कम्पनीबाट सीधै औषधि खरिद गर्न औषधि व्यवस्था विभागले नसक्ने बताए । ‘यसका लागि स्वायत्त निकाय आवश्यक पर्छ’ केसीले भने, ‘त्यो निकायले औषधि जम्मा गर्ने स्टोर देशका विभिन्न स्थानमा तयार गर्नुपर्छ । उक्त निकायले कहाँ कति औषधि आवश्यक छ हेर्न सक्छ ।’ उनले औषधि व्यवस्था विभागले औषधिको गुणस्तरीयता मात्रै मापन गर्ने बताए । औषधि खरिद प्रक्रिया अनलाइनमार्फत अगाडि बढाउनुपर्ने समेत सुझाब दिइएको छ ।

खरिद नियमावली सच्याउन सुझाब

केसीले प्रतिवेदन बुझाए पनि औषधिको खरिद प्रक्रियामा समस्या रहेको बताए । ‘सीधै चाहेर पनि किन्न सकिँदैन,’ उनले भने, ‘सरकारले सम्बन्धित देशको सरकारसँग सम्झौता गरेर मात्रै औषधि ल्याउन सक्छ । त्यसका लागि पहिला खरिद ऐन नियमावली सच्याउनुपर्ने हुन्छ । नियमावलीमा सरकारले उत्पादक कम्पनीसँग सीधै औषधि खरिद गर्न सक्छ भन्ने वाक्य स्पष्टसाथ राख्नुपर्छ ।’ केसीले सरकारले तोकेका निःशुल्कका ७० प्रकार औषधि मात्रै नभई आवश्यकताअनुसार सबै किसिमका औषधि खरिद गर्न सक्ने बताए । आजको नयाँ पत्रिकामा खबर छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan