Saturday 16th of December | २०७४ पौष १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कारोवार रकममा १५ प्रतिसतको बृद्धि, सातामा दुुई अर्ब ९२ करोड रुपैयाँको सेयर किनबेच (तालिका सहित)

कसले कमायो–aकसले गुमायो ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १ शुक्रबार
newsabhiyan
newsabhiyan

काठमाडौं, १ मंसिर ।यो साता नेपाल स्टक एक्सचेन्जमा १८० कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २९३३० कारोबारबाट दुई अर्ब ९२ करोड पाँच लाख १५ हजार रुपैयाँ बराबरका ६८ लाख २७ हजार छ सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा १५.६ प्रतिशत बढी हो । गत साता १७९ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २९०१३ कारोबारबाट दुई अर्ब ५२ करोड ६४ लाख ९० हजार रुपैयाँ बराबरका ६० लाख ५९ हजार छ सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ११.९२ अंकले बढेर अन्तिम दिन १४८९.०६ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २.५८ अंकले बढेर ३१३.१२ अंकमा आईपुगेको छ । यो साता कारोबार रकम १६ करोड १९ लाख ९० हजार रुपैयाँको आधारमा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

कारोबार भएको सेयर संख्या छ लाख ९८ हजार कित्ताको आधारमा प्रभु बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या १६०९ वटाको आधारमा नेपाल ग्रामिण विकास बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । सुचीकरण तर्फ यो साता एक दर्जन कम्पनीहरुको सेयर सुचीकृत भएको छ ।

साताको प्रमुुख सेयर सुुचकांकहरु


कारोबार रकमका आधारमा साताका उत्कृष्ठ ५ कम्पनीहरु :


सातामा सुुचीकरण भएका सेयर


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan