Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ओनसरी घर्ती चढेको गाडीलाई लक्षित गरी बम प्रहार

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १ शुक्रबार
newsabhiyan

रोल्पा,  १ मंसिर ।  रोल्पामा माओवादी केन्द्रका नेताहरुलाई लक्षित गरी शुक्रबार बम प्रहार भएको छ ।

रोल्पाको लिवाङमा वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न सुलिचौरबाट लिवाङ जाँदै गर्दा लिबाङ नजिकै भदौरे जंगलमा निवर्तमान सभामुख ओनसरी घर्तीमगर, नेताहरु कृष्णबहादुर महरा र वर्षमान पुन चढेको गाडीलाई लक्षित गरी दुईवटा बम प्रहार भएको प्रहरी स्रोतले जनाएको छ ।

स्रोतका अनुसार भदौरे जंगलको भिरबाट नेताहरुको गाडी भन्दा १० मिटर अगाडि बम प्रहार भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । घटनामा कुनै क्षति नभएको बताइएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan