Saturday 16th of December | २०७४ पौष १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अनिल मेगा छाडेर सेञ्चुरी : बैंकर्स एसोसिएसन नेतृत्वविहीन !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १ शुक्रबार
newsabhiyan
newsabhiyan

काठमाडौं,१ मंसिर । बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन नेतृत्वविहीन हुने भएको छ । एसोसिएसनका अध्यक्ष अनिलकेसरी शाह मेगा बैंक छाडेर सेञ्चुरी कमर्सियल बैंकमा जाने निश्चित भएपछि एसोसिएसन पनि नेतृत्वविहीन हुने भएको हो । 

२ वर्ष पदावधि रहेको एसोसिएसनको हालका अध्यक्ष शाहले जिम्मेवारी सम्हालेको एक वर्षमात्र पुगेको छ । २ सातापछि एसोसिएसनको नियमित वार्षिक साधारणसभा छ । र पुष १७ देखि उनी सेञ्चुरी कमर्सियल बैंकमा गएपछि उक्त पद पनि छोड्नु पर्नेछ ।

एसोसिएसनको विधानअनुसार कार्यसमितिमा व्यक्ति नभइ बैंकको प्रतिनिधित्व हुने भएकाले बैंक छाडेको व्यक्ति एसोशिएसनमा बहाल रहँदैन । तर, कसैको अब्जेक्सन नभएको खण्डमा अध्यक्षले नै दोहो¥याउन सक्ने व्यवस्था पनि रहेको एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए ।

“कार्यसमितिले निर्णय गरी सम्पूर्ण सदस्यहरू सहमत भएको खण्डमा अध्यक्ष परिवर्तन नहुन पनि सक्छ,” शर्माले भने, “सहमति हुन नसकेको खण्डमा अध्यक्षको लागि साधारणसभा नै बोलाउनु पर्छ ।” तर, एसोसिएसनको अन्य पदका लागि भने कार्यसमितिले नै निर्णय गर्न सक्ने व्यवस्था बिधानमा रहेको शर्माले बताए । आजको कारोबारमा खबर छ ।

अनिलकेशरी शाहले औपचारिक रूपमा मेगा बैंक नछाडेकाले अध्यक्ष पद कायम रहेको उल्लेख गर्दै शर्माले भने, “उहाँले औपचारिक रूपमा छाडेपछि एसोसिएसले साधारणसभा बोलाइ नयाँ निर्णय गर्नेछ ।”


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan