Saturday 16th of December | २०७४ पौष १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

छैटौं कर दिवसमा सूर्य नेपाल बढी कर तिर्ने कम्पनी सम्मानित

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १ शुक्रबार
newsabhiyan
newsabhiyan

मङ्सिर १, काठमाडौं । छैटौं राष्ट्रिय कर दिवस भव्यताका साथ सम्पन्न भएको छ । कर दिवसको अवसरमा सरकारले विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।  यो वर्षको उत्कृष्ट करदाता कम्पनीका रुपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ ।

आन्तरिक राजस्व विभागले शुक्रवार राजधानीमा आयोजना गरेको कार्यक्रममा सरकारका मुख्य सचिव लोकदर्शन रेग्मी र अर्थसचिव शंकर अधिकारीले संयुक्त रुपमा विभिन्न क्षेत्रका उत्कृष्ट १५ करदातालाई सम्मान गरेका हुन् ।

चौंथोपटक सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्ने करदाताको रुपमा व्यवसायी सिद्धार्थ शमशेर राणा सम्मानित भएका छन् । सरकारले धेरै आय कर तिर्ने व्यक्तिका रुपमा राणालाई सम्मान गरेको हो । 

कार्यक्रममा साना आयकरदातामा डा।उपेन्द्र देवकोटा र मझौला आयकरदाताको रुपमा गोरखा डेभलपमेण्ट बैङ्क समानित भएका छन् । स्वास्थ्य तथा शिक्षा क्षेत्रबाट त्रियोग उच्च मावि र पर्यटन क्षेत्रबाट टाइगर टप्स प्रालिले सबैभन्दा बढी आयकर तिरेका छन् । 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan