Saturday 16th of December | २०७४ पौष १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाँच वर्षका लागि स्थायित्वसहितको वाम गठबन्धनको सरकार बन्ने विश्वास

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १ शुक्रबार
newsabhiyan

काठमाडौँ, १ मंसिर (रासस) : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समृद्धिका लागि नै वाम गठबन्धन बनेकाले कोही पनि आत्तिनु जरुरी नभएको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै नेता दाहालले भन्नुभयो, “मुलुक र जनताको हितका लागि निर्माण भएको गठबन्धन कोही कसैको विरुद्ध लक्षित छैन, विचार मिल्ने एकै ठाउँमा बस्न सक्छन् र सक्नु पनि पर्छ ।”
पूर्वप्रधानमन्त्री दाहालले पटक पटक बदलिने सरकारका कारण जनता आहत छन् भन्दै अब पाँच वर्षका लागि राजनीतिक स्थायित्वसहितको वाम गठबन्धनको सरकार गठन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “गठबन्धनको निर्माणपछि देशैभरि नयाँ उत्साह पैदा भएको छ, नेता कार्यकर्तामा नयाँ जोश भरिएको छ । जनस्तरमा समेत वाम शक्तिप्रति नयाँ खालको विश्वास पैदा भएको छ ।”

नेकपा (एमाले) र आफ्नो पार्टीबीच सहकार्य र एकताको प्रक्रिया शुरु भएका कारण पहिलो पटक मुलुकमा राजनीतिक स्थायित्व कायम हुन लागेको उहाँको धारणा थियो ।

कार्यक्रममा नेकपा र नयाँ शक्ति नेपाल पार्टीका केही नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नयाँ शक्तिका नेता प्रकाश विकल्पको नेतृत्वमा ५३८ र नेकपाका १०० कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको बताइएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan