Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

किन यसरी उत्तरी अमेरिकी तामाङ सम्मेलनको डेटलाईन सर्दै ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १ शुक्रबार
newsabhiyan
newsabhiyan

उत्तर अमेरिका  ।  उत्तर अमेरिकामा छारिएर रहेका तामाङ सँघ सँस्थाहरुलाई गोलबन्द गरेर एउटा छाता सँगठन खडा गरी यसको सामर्थ्यलाई अझ गुणस्तरीय बनाउँदै लैजाने र यसलाई बृहत्तर तामाङ हितमा लगाउँने बारेमा आवश्यक्ता र सम्भावना पहिचान गर्न तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा गत जनवरी महिनाको २६ र २७ मा न्युयोर्कमा एक भेला भएको थियो ।

भेलामा अमेरिकी राज्यहरुबाट तथा क्यानडाबाट समेत प्रतिनिधीहरु उपस्थित भै छलफलमा सहभागी भएका थिए ।

उत्तरी अमेरिकी तामाङ सम्मेलनको लागि तयारी बैठकको रुपमा अँगिकार गरिएको सो भेलामा आवश्यक मुलभूत कुराहरु सहित गत मे महिनाको २० र २१ तारीक न्युयोर्कमा उत्तरी अमेरिका तामाङ सम्मेलन गर्ने निर्णय भएको थियो ।

तामाङ सोसाईटी अफ अमेरिकाको अध्यक्ष शान्तबाबु थोकरको सँयोजकत्वमा २५ सदस्यीय तदर्थ आयोजक समिती गठन गरी उत्तर अमेरिका तामाङ सम्मेलन गर्ने सम्पुर्ण जिम्मेवारी समितीलाई दिईएको थियो ।

तर तोकिएको उक्त मितीमा सम्मेलन हुन सकेन र गत सेप्टेम्बरको २ देखि ४ को नयाँ डेटलाईन तय गरियो । सो डेटलाईनमा पनि सम्मेलन सम्पन्न हुन सकेन ।

उत्तरी अमेरिकी तामाङ सम्मेलनको मिती किन यसरी सर्दै आएको छ ? सम्मेलनको तयारी कहाँ के हुँदै छ ? अब कहिले हुन्छ त सम्मेलन जस्ता सन्दर्भमा आधारित भएर आम तामाङको जिज्ञासा मेटाउँन आज फेसबुक लाईभ मार्फत सम्मेलन तदर्थ आयोजक समितीका सँयोजक शान्तबाबु थोकरलाई प्रत्यक्षीकरण गराउँने जमर्कोमा छु ।

फ्याफुल्ला सँयोजकज्यु !
ज्ञ. सबै भन्दा पहिले प्रस्ट पारी दिनुहोस् किन यसरी उत्तरी अमेरिकी तामाङ सम्मेलनको डेटलाईन सर्दै गएको छ ?

द्द. अब सम्मेलन कहिले हुने भएको छ ? (यस अगाडी नै नयाँ डेट भन्नु भएमा यो सोधिने छैन)

घ. सम्मेलन तयारीको के के कामहरु पुरा भए ? अब बाँकी काम के के छन् ?

द्ध. यो सम्मेलनमा मुलतस् के निर्णय गरिने आशा राख्नु भएको छ ?

छ. न्युयोर्क बाहेकका राज्यहरुबाट कस्तो प्रतिक्रिया आईरहेका छन् ?

ट. सम्मेलनमा बिभिन्न राज्यहरुबाट प्रतिनिधित्व हुने डेलेगेट्स छनौट प्रकृया कसरी हुनेछ ?

ठ. सम्मेलनको लागि मुख्य चुनौती के पहिचान गर्नु भएको छ ?

ड. सम्मेलन तयारीका लागि आम तामाङ जनसमुदायले कसरी सहयोग गर्न सक्दछन् ?

ढ. सम्मेलनबाट उत्तर अमेरिकामा एउटा साझा तामाङ सँगठन उध्देश्य अनुरुप खडा भएमा यसले आम तामाङको बृहत्तर विकासमा कसरी सहयोग पुराउँन सक्दछ ?

थप प्रश्नहरु के के हुन सक्लान् ? तपाईहरुको सुझावको अपेक्षा सहित !
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan