Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७४ साल मङ्सीर २ गते शनिवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २ शनिबार
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३८ । योग सं. ३८ । मङ्सीर महिनाको २ गते शनिवार ।
अँग्रजी मितिः ई.सं. २०१७ नोभेम्बर महिनाको १८ तारिख ।
तथीः दक्षिणायन, हेमन्त ऋतु मार्गशीर्षकृष्ण पक्षको औंशी तिथी, १६ः१३ बजेपछि मार्गशीर्ष शुक्ल्पक्षको प्रतिपदा तिथी ।
योगः शोभन योग, २२ः०८ बजेपछि अतिगण्ड योग ।
नक्षत्रः विशाखा नक्षत्र, १९ः२५ बजे पछि अनुराधा नक्षत्र ।
करणः नाग करण १६ः१३ बजेसम्म उपरान्त किंस्तुघ्न करण ।
चन्द्रमाः  तुला राशिमा, १२ः५६ बजेपछि बृश्चिक राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः२८ बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः०९ बजे ।
राहुकालः ०९ः०८ बजेपछि १०ः२८ बजेसम्म ।
यात्राः अत्यावश्यकमा पश्चिम दिशाको लागि उपयुक्त ।

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन त्यति सहज सोँचिहाल्न पनि मिल्ने छैन र डराइहाल्न पनि पर्नेछैन । मध्याह्नबाट स्वास्थ्यमा समस्या हुनसक्ने र कार्यक्षेत्रमा झमेला आइलाग्नसक्ने सम्भावना भने रहेको छ । धैर्य एवम् सहनशिलतालाई नै प्रमुखता दिनु उचित हुनेछ । सदाचार एवम् लगनशीलताले संघर्षको बाबजुतपनि कार्यमा आंशिक लाभ गर्नसकिने छ । नचिताएको मान्छेबाट केही साथसहयोग भई राहत मिल्नेछ । बोलीचाली एवम् जनव्यवहारको क्षेत्रमा निस्काम सिद्धान्तले कुशलता निर्वाह गर्न अभ्यास गर्नु बुद्धिमानी हुनेछ । दीर्घरोगीहरुले स्वास्थ्यमा बढी ध्यान दिनु होला । प्रतिकूल ग्रहको कष्ट निवृतिको लागि इष्टदेवको भक्तिलाई बढाउनु उचित हुनेछ ।


वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन प्रतिस्पर्धाजन्य कामकार्यमा सफलता मिल्नेछ । जीवनसाथी वा प्रेमीको सहयोगले व्यवसायिक तथा पेशागत कार्य अघि बढ्न सक्नेछ भने अन्य क्षेत्रमा पनि मद्दत मिल्नेछ । पारिवारिक सामाञ्जस्यता बढ्ने र आमोद–प्रमोदपूर्ण दिन चर्या व्यतित हुने देखिन्छ । मानसम्मान मिल्ने तथा लौकिक उन्नति गर्नसकिने छ । गोचरले विशेष स्थानको यात्राको संयोगलाई पनि जुराइरहेको देखिएको छ । पेशा एवम् व्यवसायिक क्षेत्रबाट राम्रो लाभ हातपार्न सकिनेछ । राजनीति तथा समाजसेवा आदि क्षेत्रमा पनि अनुकूलता देखिएको छ । आज विपरित लिङ्गीलाई उपहार दिनाले विशेष अर्थ राख्नेछ ।


मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन बिहानी समयमा विद्या बुद्धि बढ्नेछ, क्रमशः आरोग्यता बढ्ने र अनुहारमा कान्तिबृद्धि हुनेछ । शारीरिक पुरुषार्थको प्रस्तुति गर्न सकिने छ । खेलकुद आदि प्रतिस्पर्धात्मक क्षेत्रका व्यक्तिहरुलाई सफलता प्राप्त हुने दिन छ ।  व्यवसायिक कामकार्यमा चहलपहल बढ्ने तथा श्रीलक्ष्मी प्रसन्न हुने छिन् । पेशालगायतका कार्यक्षेत्रमा देखिएको अड्चनलाई हटाउन सकिनेछ । शत्रु तथा विपक्षीका उपर गतिलो प्रतिकार गर्न सकिने छ । आफ्नो पक्षमा सम्झौतामा ल्याउन सकिने पनि हुनसक्ने देखिन्छ । आज तपाईँको लागि छ अङ्क, हरियो रङ्गको प्रयोगको साथमा माँ महाकालीको स्तुति फलदायक हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन पहिलो खण्ड अनपेक्षितरुपमा कामकार्यमा केही अड्चन तथा दिग्दारी आइपर्नसक्ने खालको देखिएको छ । भलै शुरुको केही संघर्षको बाबजुतपनि निराश भइहाल्न भने पर्दैन मध्यान्हबाट सुधार आउने देखिन्छ । आत्मबलमा ह्रास नगरी धैर्य रहने र बुद्धिविवेकले काम गर्ने गरेमा क्रमशः समस्या टार्नसकिने र शुभ फल प्राप्ति हुनेछ । सैधान्तिक र नीतिगत विषयमा कट्टरताको प्रशंसा मिल्नेछ । पेशा तथा व्यवसायबाट लाभ गर्न सकिनेछ । भगवान हनुमानको स्तुति फलिफापपूर्ण हुनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन पूर्वार्ध ग्रहको अबरोधको बाबजुत पनि अनुकूल रहनेछ । नगरी नहुने कार्यको लागि मध्यान्हभित्रै कोसिस गर्नु उपयुक्त हुनेछ ।  मध्यान्हपछि केही प्रतिकूल महसूस हुनसक्ने देखिन्छ । क्रमशः कामकार्यमा रोकावट आउने तथा संघर्षको अनुभूति हुनसक्ने छ तथापि हिम्मत नहार्ने र स्वकार्यबाट विचलित नहुने हो भने केही सफलता एवम् लाभ प्राप्त गर्नसकिने छ ।  हतारभन्दा धैर्य गर्नु आज यहाँको लागि बुद्धिमानी हुनेछ । चार अंक, सेतो एवम् उज्यालो रङ्ग शुभप्रद हुनेछ भने आमाको सेवा गर्नु वा आमाको आज्ञा पालन गर्नु फापसिद्ध हुनेछ ।  

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन बोलीवचन र विशेष गरी नाताकुटुम्बि सम्बधसँगको व्यवहारमा ख्याल पुर्याउनु पर्नेछ । सामान्यतया प्रतिकूलताको आभाष दिने गोचरग्रहको योग भएकोले आवश्यक सावधानी अपनाउनु बुद्धिमानी हुनेछ । सामान्य कामकार्य सम्पादन गर्न भने सकिने छ । सञ्चित सम्पतिको अपव्यय हुने भय देखिएको कुरालाई भने नकार्न सकिन्न । तपाईको बोलीले कसैको मन दुखाउन पनिसक्ने सम्भावना छ । काम कार्यमा पनि अल्लि मेहनत बढाउनु नै पर्ला । मध्याह्नबाट क्रमशः समय बलियो भएर जाने देखिएको छ । पराक्रम बढ्दैजाने र रोकिएर रहेका कार्यहरु पूरा हुनसक्ने तथा अघिबढ्ने छन् । व्यवसायले पनि फट्को मार्ने र मानसिक शान्ति मिल्नेछ । बन्धुबान्धबबाट पनि सहयोग मिल्ने छ भने व्यवसायिक लाभ हुनेछ । 


तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन पूर्वार्धको समय उत्साहप्रद नै छ, कामकार्यमा सफलता मिल्नेछ । साथसहयोगी मिल्ने र मानसम्मान एवं प्रतिष्ठाको विकास हुनेछ । उपरान्तबाट भने बोलीवचनको भूमिकामा ख्याल पुर्याउन जरुरी देखिन्छ । सन्चित धनको अपव्यय हुनसक्ने पनि सम्भावना देखिएको छ । तथापि व्यवसायिक कार्यमा प्रगति र खर्चको बाबजुत पनि आर्थिक सङ्कलन हुने पनि योग छ । परोपकार एवम् समाजिक सेवामा संलग्न हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्ध केही सजग रहनपर्ने देखिएको छ । आज यहाँको लागि दुई क्रमसँख्या र सेतो रङ्गको उपयोग उपयुक्त रहने छ भने भगवान श्री हनुमानदेवको श्रद्धाभक्ति हितप्रद हुनेछ ।


वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन यद्यपि मध्याह्नबाट सुधार आउनेछ तथापि दिन संघर्षकारक नै रहेको बुझ्न जरुरी छ । आयभन्दा खर्चको मात्रा बढी हुने र समस्या थपिने तथा गर्न लागेको कामकार्यमा अबरोध सृजना हुनेक्रम रहनसक्ने छ ।  सानो काम पनि अल्लि ठूलै परिश्रमले मात्रै सम्पादन हुनसक्ला । कहीँकतैबाट हुने अवमूल्यन जस्तो व्यवहारको पनि सामना गर्न पर्नसक्छ । विचलित नभई स्वकर्म तथा कर्तव्यमा रहनाले मध्याह्नबाट परिस्थितिमा सुधार आई समस्याहरु सुल्झिन थाल्नेछन् । क्रमशः मानसिक शान्ति बढ्ने र चैन मिल्ने छ । कुनै कन्यालाई दान दिनु आज यहाँको लागि शुभकर हुनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन मध्यान्हसम्म ठिकै उपलब्धिकर रहने देखिन्छ, नगरी नहुने कार्यलाई अल्लि बढी मेहनत गरेर पूरा गर्नु बुद्धिमानी हुनेछ । उपरान्त क्रमशः केही संघर्ष पर्ने देखिएको छ । अल्लि बढी कोसिसले मात्रै थोरै सफलता पाउन सकिने छ । खर्च बढाउने ग्रहयोग परेकोले बुद्धिमतापूर्वक धैर्य र संयम धारण गर्नसके मात्रै खतिक्षति हुनबाट बच्न सकिनेछ । यहाँले आज कुनै कन्यालाई सेतो वस्तुको दान दिनु उत्तम हुनेछ अर्थात दानकर्मले सम्भावित संघर्षलाई कम गर्न मद्दत गर्नेछ । त्यस्तै ३ अंक र पहेंलो रंगको प्रयोग यहाँलाई शुभ हुनेछ भने भगवान श्री हनुमानदेवको स्तुति आरधना शुभकर हुनेछ । 

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन आर्थिक लाभ हुने दिन परेको छ । पेशा एवम् व्यवसायबाट औकात तथा हैसियत अनुसारको धनलाभ गर्न सकिनेछ भने आँटेताकेको कामकार्यमा सफलता मिल्नेछ । मानसम्मानप्रद ग्रहयोग परेकोले राजमान मिल्नसक्ने छ भने राजनीति तथा समाजसेवा कर्मीहरुले पदप्रतिष्ठा एवम् जिम्मेवारी प्राप्त गर्नसकिने छ । कर्मक्षेत्रमा आएका अबरोधहरु हट्ने र थप कार्यमा रुचि बढ्नेछ । आफन्तीहरुसँग भेट्घाट हुने र व्यवहारिकता एवम् औपचारिकता निर्वाह गर्न पर्नेछ । प्रशंसक बढ्ने र शुभसमाचार प्राप्त हुनेछ । आज यहाँको लागि श्रीलक्ष्मीको सेवाआराधना अझ बढी शुभकर हुनेछ । 

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन मानसम्मान एवम् पदप्रतिष्ठा प्राप्ति हुने दिन रहेको छ । व्यापार व्यवसायबाट राम्रै आर्थिक लाभ गर्नसकिने छ भने राजनीतिकर्मी एवम् समाजसेवीको लागि पनि मुल्यवान दिन रहनेछ । मान्यजन तथा उच्चपदस्थ व्यक्तित्त्वहरुसँग भेटघाट हुन पाइने र आडभरोसा मिल्ने छ । जागिरेहरुको लागि पनि आजको दिन उपलब्धिमूलक एवं सफलप्रद रहनेछ । भावी कार्ययोजनाको बारेमा विचारविमर्श हुनसक्नेछ । आज तपाईँको लागि एक अङ्क, रातो रङ्गको प्रयोग र मान्यजनको भेट्दर्शन गर्नु तथा आर्शिवाद लिनु शुभप्रद हुनेछ । भगवान श्री हनुमान जीको श्रद्धाभक्ति गर्नु शुभप्रद हुनेछ ।

मीन राशिः
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन मध्याह्नसम्म गोचर प्रतिकूल नै छ । विभिन्न समस्या एवं अपजश र संघर्ष झेल्न पर्नसक्ने भएकोले जनव्यवहारमा सावधानीपूर्वक भूमिका निर्वाह गर्नु बुद्धिमानी हुनेछ । दीर्घरोगीहरुले खानपान अल्लि बढी ख्याल पुर्याउनु पर्ने छ । उपरान्तबाट केही सुधार आउने र स्वास्थ्यमा सुधार तथा रोकिएका कार्य अघि बढाउन सकिने छ । प्रतिष्ठामा आएको आ“च हटाउन  सकिनेछ । धर्मकर्मप्रति रुचि बढ्ने छ । अपजश दिने र कमजोरी खोज्नेहरु भने सक्रिय भएपनि स्वधर्ममा रहनाले वचस्व स्थापित हुने र लागेको आरोपबाट सफाइ मिल्ने छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan