Saturday 16th of December | २०७४ पौष १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तीन साहित्यकार गिरफ्तार

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २ शनिबार
newsabhiyan

काठमाडौँ, २ मंसिर ।  प्रगतिशील लेखक संघ (प्रलेस) का उपाध्यक्ष खेम थपलियासहित तीन जनालाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ ।

प्रलेसको मासिक परिसंवाद कार्यक्रमबाट फर्कने क्रममा बागबजारबाट साँझ थपलियालाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

प्रलेसका अध्यक्ष मातृका पोखरेल र महासचिव आरएम डंगोलले विज्ञप्ति जारी गरी विनाकारण लेखकलाई नियन्त्रणमा लिइनु लेखकीय स्वतन्त्रताविपरीत भएको जनाउँदै तिनलाई तत्काल रिहा गर्न माग गरिएको छ । थपलिया ‘हाम्रो जलजला’ मासिकका सम्पादक पनि हुनुहुन्छ ।

थपलियासँगै गिरफ्तार गरिएका साहित्यकार वैरागी जेठा र अच्युत तिवारीलाई दुई घण्टापछि प्रलेसका महासचिव डंगोल र अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव उत्तम अधिकारीको रोहवरमा रिहा गरिएको छ । (रासस) 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan