Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आठराई गाउँपालिकाको बजेट रु ३२ करोड

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २ शनिबार
newsabhiyan

आठराई, तेह्रथुम, २ मंसिर (रासस) : आठराई गाउँपालिकाको आव २०७४÷७५ को नीति कार्यक्रम तथा बजेट शुक्रबार सार्वजनिक भएको छ ।

आव २०७४÷७५ का लागि रु ३२ करोड १५ लाख ६१ हजार १३३ को बजेट सार्वजनिक गरिएको हो । बजेटको चालुतर्फ करिब रु १७ करोड ७३ लाख र पूँजीगततर्फ करिब रु १४ करोड ४४ लाख विनियोजन भएको छ ।

चालु आवमा गाउँपालिकामा वित्तीय समानीकरणतर्फ करिब रु १६ करोड ९३ लाख, सशर्त अनुदानतर्पm करिब रु १४ करोड ४३ लाख र नेपाल सरकारबाट गत आवमा प्राप्त करिब रु ५९ लाख ८७ हजार विनियोजन गरिएको गाउँपालिकाका प्रमुख मानबहादुर लिम्बूले बताउनुभयो ।

सशर्ततर्फको रु १४ करोड ४३ लाख तीन हजार प्राप्त अख्तियारीका आधारमा कार्यक्रम सञ्चालन हुने बताइएको छ । गाउँपालिकाले आगामी आवमा आन्तरिक राजश्व रु १० लाख संकलन गर्ने लक्ष्य लिएको छ ।

गाउँसभाले आर्थिक, सामाजिक, पूर्वाधार विकास, वातावरण तथा विपत् व्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाह र वित्तीय व्यवस्थापनका कार्यक्रमलाई अघि बढाउने भएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan