Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तेह्रथुममा कांग्रेस उम्मेदवार राज्यमन्त्री गुरुङको चुनावी दौडाहा

दैनिक तीन वटासम्म चुनावी सभा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २ शनिबार
newsabhiyan
newsabhiyan

तेह्रथुम। आसन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावको चटारो लागेको छ, उम्मेद्वारहरुलाई । पहाडी जिल्लामा निर्वाचन क्षेत्र घटेकोले धेरै जिल्ला  प्रतिनिधिमा एक सीटमा सीमित भएका छन् । यसरी एकै उम्मेदवार सिंगै जिल्ला चहार्नुपर्ने भएको छ ।

भौगोलिक विकटता भएका पहाडी जिल्लामा पर्ने तेह्रथुममा नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको उम्मेद्वार बन्नुभएकी कांग्रेस नेतृ, भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङ यी सबै चुनौतिको सामना गर्दै चुनावी प्रचारमा दौड्नुभएको छ । उहाँले दैनिक तीनवटा चुनावी सभा संबोधन गर्दै निर्वाचनको माहोल कांग्रेसको पक्षमा ल्याउनुभएको छ ।

प्रदेश सभा (क) का उम्मेदवार जिल्ला सभापति गोविन्द ढुंगाना सहित कांग्रेस नेताहरुको टोलीले विहीबार पनि दुई स्थानमा भएका चुनाव प्रचार प्रसार कार्यक्रममा सम्बोधन गर्न भ्याएको छ ।

विहान लालीगुराँस नगरपालिकाको चित्रे र दिउँसो छथर गाउँपालिकाको केन्द्र शुक्रबारेमा छुट्टा–छुट्टै चुनावी कार्यक्रम सम्पन्न भएको हो । नेताहरुले कांग्रेसकै नेतृत्व र त्यागले जारी भएको संविधानको कार्यान्वयन र लोकतन्त्रको रक्षाका लागि कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरेका छन् । कांग्रेस युवा नेतृ तथा भौतिक पुर्वाधार राज्यमन्त्री गुरुङले छुट्टै भुगोलको रुपमा परिचित छथर क्षेत्रलाई सदरमुकाम हुँदै आठराईसँग सडक सन्जालमा जोड्नु आफ्नो अबको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

नेतृ गुरुङले जिल्लाको विकास र समृद्धिकालागि कांग्रेसको विकल्प नभएको बताउनुभयो । प्रदेश सभा (क) क्षेत्रका उम्मेदवार जिल्ला सभापति ढुंगानाले संघीय लोकतान्त्रिक संविधान जारी भएपश्चात्को यो ऐतिहासिक निर्वाचनले कांग्रेस एक ढिक्का बनेको भन्दै कांग्रेसको नेतृत्वमा मात्रै संविधान कार्यान्वयन र प्रजातन्त्रको रक्षा गर्न सक्ने बताउनुभयो । उहाँले जिल्लाको विकास निर्माणमा विगत देखि हालसम्म योगदान पु¥याउदै आएको भन्दै अब पनि निरन्तर डटिरहने बताउनुभयो ।

कार्यक्रममा जिल्ला सचिव सन्तोष सुब्बा, महाधिवेशन प्रतिनिधि टेकराज तिगेला, प्रदेश सभा (ख) निर्वाचन प्रचार प्रसार समितिका संयोजक अर्जुनबाबु माबोहाङ, जिल्ला सदस्य बालकुमार गुरुङ लगायत नेताहरुले मन्तव्य राख्नुभयो । शुक्रबार कांग्रेसले सुदाप, ओख्र र फाक्चामारामा चुनाव प्रचार प्रसार कार्यक्रम सन्चालन गर्ने जनाएको छ । सो अवसरमा संघीय लिम्बुवान मन्च परित्याग गरी १२ जना कार्यकर्ताहरु नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

यसैबीच नेपाली कांग्रेसको प्रदेश सभा (ख) निर्वाचन क्षेत्रको मेन्छ्यायेम गाउँपालिका–२, पौठाकमा चुनाव प्रचार प्रसार तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कांग्रेस उम्मेदवार तथा प्याब्सनका केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फे सहित कांग्रेस नेताहरु सहभागी कार्यक्रममा चुनावी रणनीति र एजेण्डाहरु छलफल भएको थियो ।

नेता सम्बाहाम्फेले मेन्छ्यायेम गाउँपालिका प्राकृतिक श्रोत साधनले भरिपूर्ण रहेको भन्दै तिनको उचित परिचालन मात्रै जरुरी भएको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसमा क्षेत्रीय चुनाव प्रसार समितिका संयोजक केशव भेटुवाल सहित नेताहरुले मन्तव्य राख्नुभएको थियो ।

तेह्रथुममा कांग्रेसका उम्मेदवारहरुले चुनावी अभियान अन्तरगत संगठन परिचालन, घरदैलो, कार्यकता र मतदाता प्रशिक्षणका कार्यक्रमहर एकसाथ सञ्चालन गरिरहेका छन् ।

जिल्लादेखि विभिन्न गाउँपालिका, नगरपालिका र वडास्तर सम्म कांग्रेसका सबै संगठन समितिहरु निर्माण भएर चुनाव प्रचार प्रसारलाई तिव्रता दिइएको जिल्ला सभापति ढुंगानाले बताउनुभयो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan