Saturday 16th of December | २०७४ पौष १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुनसरीमा निर्वाचन लक्षित सीमा सुरक्षामा कडाई

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २ शनिबार
newsabhiyan

मिकाइल आलम,इनरुवा । जिल्लाको भारतीय सीमा नाकासंग जोडिएको सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई थालिएको छ । आसन्न मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन लाई शान्तिपूर्ण वातावरण सम्पन्न गर्नका लागि जिल्लाको सीमावर्ती क्षेत्रहरुमा सुरक्षा व्यवस्थामा कडाई गरिएको हो ।

सीमावर्ती क्षेत्रहरूमा राती अवेर सम्म हुने भारतीयहरुको उपस्थिती र बढ्दो मदिराजन्य कारोवारले शान्ति सुरक्षामा खलल पुग्न सक्ने निष्कर्ष सहित सीमा क्षेत्रमा कडाई गर्न लागिएको सुनसरी प्रशासनले जनाएको छ ।

जिल्ला सुरक्षा समिति सनुसरीको बैठकले भारतसँग सीमा जोडिएका नाकाहरुमा कडाई गर्ने निर्णय गरेको थियो । जिल्ला सुरक्षा समितिको बैठकले सीमा क्षेत्रको ५ सय मिटरको क्षेत्रमा मदिराजन्य कारोवारका लागि नयाँ लाइसेन्स दिने प्रकृया तत्काल बन्द गर्ने निर्णय समेत गरेको छ ।


सो सुरक्षा समितिको बैठकमा भारतीय क्षेत्र हुँदै साना हतियार नेपालतर्फ भित्रिन सक्ने विषयमा समेत कुरा उठेको जनाइएको छ । निर्वाचनको मिति नजिकै संगै सीमामा तैनाथ सशस्त्र र नेपाल प्रहरीले चेकजाँचमा कडाई गर्नुको साथै नेपाल भित्रीनेहरु माथि निगरानी समेत बढाएको छ । निर्वाचन लाई शान्त तथा भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सीमामा निगरानी तथा चेकजाँचमा कडाई गर्न दिएको निर्देशन बमोजिम आफूहरु सुरक्षा व्यवस्था मजबुत बनाउदै लगेको भाणटावारी नाकामा तैनाथ एक सशस्त्र प्रहरीका हवल्दारले बताए ।


भारत संग नाका जोडिएको सीमा क्षेत्रमा अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीले गस्ती बढाएका छन् । छिमेकी देश भारत बाट नेपाल प्रवेश गर्नेहरु लाई सीमामा तैनाथ सशस्त्र प्रहरीले कडा चेकजाँच पछि मात्र आउन दिइने गरेको देखिन्छ ।

निर्वाचन लाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरी लागेको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताएका छन् । माझीका अनुसार जिल्लामा शान्ति पुर्ण वातावरणमा मतदान सम्पन्न गराउनका लागि सादा पोसाकका प्रहरी टोलि समेत परिचालन गरिसकेको छ । अपरिचित व्यक्ति वा सामाग्री देखेमा त्यस्ता व्यक्तिको बारेमा तत्काल प्रहरीमा सूचना दिएर सहयोग गर्न माझीले आग्रह गरेका छन् ।


यता सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीले नेपाल - भारत नाकामा संयुक्त गस्ती, र अवान्छित गतिविधी रोक्ने सम्वन्धमा भारतीय पक्षसँगको सुरक्षा बैठकमा ठोस निर्णय गरिने बताएका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan