Saturday 16th of December | २०७४ पौष १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गगनको क्रेजले एमालेमा उत्पात ! 'स्थापित खटिए यस्तो झुट खेतीमा'

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २ शनिबार
newsabhiyan
newsabhiyan

काठमाडौं । निर्वाचिन नजिकिँदै जाँदा उम्मेदबारहरुको चरित्र हत्या गर्ने क्रम बढेर गएको छ । एकले अर्काप्रति कथोकल्पीत र भ्रामक आरोप लगाउनेहरु मध्ये एमाले नेता र एमाले निकट पत्रकारहरु अरु भन्दा अगाडी देखिएका छन् ।

उनीहरुको निशाना सवै भन्दा बढी कांग्रेसका प्रभावशाली नेता गगन थापाप्रति रहेको पाइएको छ । जनतामा  गगनको क्रेज बढे पछि एमालेहरुका नेता तनावमा परेकाहुन् । 

थापाको चरित्र हत्या गर्ने मनसायले काठमाडौं महानगरपालिका पूर्व मेयर एवं एमाले नेता केशव स्थापितले एक अनलाईनसँगको कुराकानीमा थापाले नक्कली काम गरेर करोडौं रुपैँया अनियमितता गरेको आरोप लगाएका छन् ।

यसअघि पनि यस्तै आरोप सहितको झुटो समाचार प्रकाशित भएपछि कांग्रेस नेता थापाले कृषिमा अनुदान नलिएको स्पष्ट पारिसकेका थिए । भ्रामक र झुटो समाचार बनाएर गलत नियतले प्रचार प्रसार गरेका झापाका एक जना एमाले कार्यकर्ता प्रहरीले कारबाही गरेको थियो ।

अहिले फेरी गगन बिरुद्ध भ्रमक आरोप लगाएर प्रचार गर्ने केशव स्थापित चुनाबी प्रोपोगाण्डाको लागि जे पनि गर्नुपर्छ भन्ने मान्यता राख्ने एमाले नेता हुन् ।
बेलाबेलामा आधारहिन र कपोकल्पित कुरा गरेर चर्चामा आउने स्थापितले अहिलेकी राष्ट्रपति विद्या भण्डारी चुनाब लड्दा यस्तै प्रोपोगाण्डा गराएको आफैले सगौरब बताउने गरेका छन् ।

उनले ‘विद्याको सारीमा रातो रंग छर्कन लगाएँ, कांग्रेसले छर्केको भनेर प्रचार गराएँ’ भनेका थिए । स्थापित एमाले भित्र यस्तै झुट प्रचारका लागि प्रयोग हुदै आएका छन् । तर हावादारी गफाडी र प्रपोगाण्डाको परिचय बनाएकाले उनलाई कुनै जिम्मेबार पद दिन भने एमाले तयार भएको छैन ।

गगन थापालेको लोकप्रियताबाट डराएपछि एमालेका स्थापितलाई प्रयोग गरेर चरित्र हत्या गर्ने प्रयास गरिएको हो । थापा स्वास्थ्यमन्त्री हुँदा डायलासिस, मृगौला प्रत्यारोपण, बाथमुटुरोग सल्यक्रिया लगायतका निशुल्क उपचार, विशिष्ट व्यक्तिले पाउने उपचार खर्च कटौती, विपन्नलाई राहत कार्यक्रम, सबै नेपालीलाई स्वास्थ्य बीमा, गरिब बिपन्नलाई निःशुल्क बिमा, औषधीमा २२ सय प्रतिशत सम्म सस्तो बनाउने लगायत थुप्रै जनपक्षीय काम गरेर लोकप्रियता बढाएका थिए । 

थापाले गोविन्द केसीले उठाएको चिकित्सा शिक्षा ऐन ल्याउन होस् वा नाकाबन्दी बिरुद्ध पार्टी भित्र र बाहिर एक्लै उभिँदादेखि लोकमानलाई महाअभियोग लगाउँदासम्म उनले संसदमा खेलेको भूमिका कारण पनि थापा निरन्तर निसानामा पर्ने गरेका हुन् ।

थापाले आफ्नो चुनाबी सभाको पहिलो दिन चावहिलमा आयोजना गरेको कार्यक्रममै अब आफ्नो विरुद्धमा फेक समाचार आउने बताएका थिए । थापाले आफ्नो फेसबुक र ट्वीटरबाट पनि भनेका छन्, – ‘अब तपाईंहरूले त्यस्ता खालका समाचार बग्रेल्ती पढ्न पाउनु हुनेछ ।’ यो विषयमा कान्तिपुर दैनिकले ‘चुनाबको मुखमा फेक धन्दा’ शीर्षकमा समाचार पनि तयार गरेको थियो ।

यस सन्दर्भमा थापाले भनेका थिए–‘म सार्वजनिक व्यक्ति हुँ । मेरो जीवन खुल्ला किताबको पाना जस्तै पारदर्शी छ । यस्ता खालको दुष्प्रयास गर्ने जति दोषी छन्, त्यति नै दोषी यस्ता निराधार हल्लालाई पत्याउने पनि छन् ।’ थापाले भने जस्तै यस्ता श्रृङ्खला अघि बढिरहेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan