Saturday 16th of December | २०७४ पौष १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जँहा राजनराज त्याँहा धमाका: सिवाकोटी र राईको प्रस्तुतिले झुम्यो हङकङ

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २ शनिबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं । गत आइतबार १२ तारीक साँझ सम्पन्न कार्यक्रम ‘दीप साँझ भाग ३’ मा चर्चित गीतका रचनाकार, संगीतकार र गायक राजनराज शिवाकोटीले  हङकङ तताएका छन् ।

हङकङको युईन लङको अडिटोरियममा सम्पन्न कार्यक्रममा हङकङ बासि नेपालीहरुलाई रमाइलो धमाकेदार प्रस्तुति दिएर तताएका हुन्  ।

यस्तै  अर्का चर्चित गायिका मेलिना राइले पनि आफ्ना चर्चामा रहेका गीतहरु गाएर दर्शक स्रोताको मन जितेका थिए । यि दुई चर्चित गायक÷गायिकाले हङकङमा आयोजित सांगीतिक साँझमा दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए ।

उनीहरुको प्रस्तुतिमा दर्शकहरु निकै झुमेका देखिन्थे । गत आइतबार साँझ सम्पन्न कार्यक्रम ‘दीप साँझ भाग ३’ लाई  दिप गाईज हङकङ र मुख्य अायाेजक अशु राना, दिल गुरुङ, चिजमान गुरुङ र गंग गुरुङको निमन्त्रणामा त्यहां पुगेका थिए।उक्त कार्यक्रममा निमा रुम्बा तथा द लेजेन्ड बेन्डको पनि प्रस्तुती रहेको थियो।

राजनराज अहिलेका चलेका गीतकार तथा गायक हुन् । त्यस्तै मेलिना पनि चलेकी गायिका हुन् ।

पछिल्लो समयमा उनका पूर्व पश्चिम रेल, कुटुमा कुटु, टाकन टुकुन, चिरबिर चिरबिर लगायतका गीतले चर्चा र सफलता पाएका छन् ।

त्यस्तै उनी नेपाली सिनेमा क्षेत्रमा करोडका संगीतकार भनेर पनि चिनिएका छन् । सबैभन्दा पहिले उनकै गीत ‘सुर्के थैली’ले युट्युबमा करोड पटक हेरिने गीतको रेकर्ड राखेको थियो ।

त्यस्तै उनले बनाएको पूर्व पश्चिम रेल र कुटुमा कुटुले पनि एक करोड भन्दा धेरै पटक हेरिने गीतको रेकर्ड राखी सकेका  छन् ।

पछिल्लो समय राजनराजलाई देश बिदेशमा आयोजना हुने कार्यक्रमहरुमा सहभागी हुन भ्याइनभ्याइ भएको छ, राजनराज पछिलो समयमा जति चर्चा उति नै ब्यस्त ब्यक्तित्तो भन्दा साएदै फरक नपर्ला ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan