Saturday 16th of December | २०७४ पौष १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७४ साल मङ्सीर ५ गते मङ्गलवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ५ मंगलबार
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३८ । योग सं. ३८ । मङ्सीर महिनाको ५ गते मङ्गलवार ।
अँग्रजी मितिः ई.सं. २०१७ नोभेम्बर महिनाको २१ तारिख ।
तथीः दक्षिणायन, हेमन्त ऋतु मार्गशीर्ष शुक्ल्पक्षको तृतीया तिथी २१ः५८ बजेपछि चतुर्थी तिथी ।
योगः धृति योग, २३ः१७ बजेपछि शूल योग ।
नक्षत्रः मूल नक्षत्र ।
करणः तैतिल करण ०८ः५३ बजेसम्म उपरान्त गर करण ।
चन्द्रमाः  धनु राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः३० बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः०८ बजे ।
राहुकालः १४ः२८ बजेपछि १५ः४८ बजेसम्म ।
यात्राः पूर्व दिशाको लागि उपयुक्त ।

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन धार्मिक कृत्य सम्पन्न गर्ने खालको छ । अध्यात्मिक एवम् आस्तिक भावना बृद्धि हुने र मानसिक शान्ति मिल्नेछ । पेशा तथा व्यवसायिक उन्नति पनि हुने देखिन्छ । पौरख गर्न पनि सक्नुहुने छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको सम्भावनालाई पनि ग्रहले लक्षित गरिरहेको छ । आँटेको काममा थप आत्मबलको साथमा अघि बढ्ने कोसिस गर्नुहोला । आज यहाँलाई नौ अङ्क र पहेलो रङ्गको प्रयोग फापसिद्ध हुनेछ भने सूर्यदेव एवं गुरु गाणपतिको श्रद्धाभक्ति श्रद्धाभक्ति तथा दर्शन गर्नु हितप्रद हुनेछ ।


वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन त्यति अनुकूल मान्न नसकिने देखिएको छ । सोँचेभन्दा बढी संघर्ष गर्नुपर्ने तथा स्वास्थ्यमा पनि समस्या देखिने र कार्यक्षेत्रमा अबरोध सृजना हुनसक्ने सम्भावना छ । आज दीर्घरोगीहरुले आफ्नो स्वास्थ्यको निकै ध्यान पुर्याउनु उपयुक्त हुनेछ भने आहारविहारमा पनि सजगता अप्नाउनु बुद्धिमानी हुनेछ । सकारात्मक समय नरहेकोले हतार नगरी धैर्यधारणा गर्नु नै श्रेष्कर हुनेछ । आज यहाँहरुको लागि आठ अंक, रातो रङ्गको प्रयोग एवम् बाधाबिघ्न निवारको लागि इष्टदेवको भक्तिभाव तथा स्तुति बढाउनु शुभकर हुनेछ ।


मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन ईच्छा भएर पनि प्रेमी वा जीवनसाथीको भूमिका निःतेज हुनसक्ने छ । अपेक्षा अनुरुप हुननसके पनि व्यवसायबाट आंशिक लाभ भने हुनजाला । यात्राको लागि खर्च एवं फगत मनोरञ्जनमा सरिक हुनपर्ला । परपाउनाप्रति व्यवहारिक औपचारिकता निभाउनु पर्ला । अपेक्षित धनसञ्चय नभएपनि केही भौतिक उपलब्धि हुनसक्ने छ । अनपेक्षित व्यवहारबाबजुत पनि दाम्पत्यत्वमा सुखानुभूति गर्नुपर्ला । कसैकसैलाई कैफियत युक्त प्रेमनाटकको व्यवहार आइपर्ने छ भने राजसी दिन चर्यामा मन जानसक्ने देखिन्छ । आज प्रयोगको लागि सात अङ्क, सेतो रङ्गको छनौट र भैरवदेवको श्रद्धाभक्ति तपाईँको लागि हितप्रद हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन व्यवसायिक प्रगति हुनगइ राम्रोमात्रामा धनार्जन हुने एवम् सन्तुष्टि मिल्ने छ । विरोधीसँगको प्रतिस्पर्धा गर्ने क्षमता बढ्ने तथा विजय मिल्ने छ । लौकिक प्रभुत्व बढ्ने तथा शत्रुपक्षलाई झुकाउन सकिने योग परेको छ । व्यापारीलाई यथेष्ट लाभ हुनसक्ने छ भने उद्यमको विकास र प्रख्याति बढ्ने देखिन्छ । शारीरिक स्वास्थ्यमा आरोग्यता बृद्धि हुनगइयथेष्ट आत्मबल बढ्ने छ । आ“टसाहसले कार्य संपादन गर्नसकिने छ ।  अनुहारमा कान्ति बढ्ने तथा मान्छेहरु आकर्षित हुनेछन् । मनोरम स्थानको यात्रा हुने र प्रेमीबाट प्रेमसुख प्राप्त हुनेछ । गौरवानुभूति  हुने दिन छ । 

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन दिनलाई सुधारोन्मुख त मान्न सकिन्छ । तरपनि कुनै कुनै क्षेत्रमा आक्रोश एवं रणनीतिक भूमिकाको चेष्टा हुनसक्ने छ । अध्ययन आदि प्राज्ञिककर्ममा सफलता एवं नीतिगत कार्यमा सम्मान पनि नमिल्ला भन्न सकिन्न । कुट्नैतिक कार्य तथा प्रस्तुतिमा सफलता र प्रशंसा पाइने छ । अदृष्य समस्या आइपर्ने र समयको दुरुपयोग हुने हो कि भन्ने डर पनि देखिएको छ । सैद्धान्तिक छलफल र अर्तिउपदेश जन्य वातावरणको संयोग जुट्न सक्नेछ । कसैकसैलाई सन्तानको बाटोबाट चिन्तित हुनपर्ने कुरालाई पनि नकार्न सकिन्न । आज यो राशि हुनेहरुले कुमारीकन्यालाई सेतोवस्तु दान दिनु विशेष हितकर हुनेछ ।


कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन होसियारी रहनुपर्ने देखिएको छ । विनाकारण कसैसँग वादविवाद तथा मनमुटाव हुनसक्ने सम्भावना रहेको छ । व्यवहारमा जरुरीसम्बन्ध मात्रै राख्नु उपयुक्त हुनेछ । आज केही पारिवारिक समस्याको पनि सामाना गर्न पर्नसक्ने छ । अगाडि सारिएको  काममा विलम्ब हुने तथा अबरोध आइपर्नसक्ने सम्भावना रहेकोले धैर्यताको मानसिकताको विकास एवम् अभ्यास अवलम्बन गर्नुपर्ला । मानसिक संकिर्णतालाई प्रवेश नदिई आफ्नो कर्मक्षेत्रलाई निरन्तरता दिनाले भने केही लाभ गर्नसकिने छ । आज चार अंक, सेतो रङ्ग यहाँको लागि उपयुक्त हुनेछ भने आमाको आर्शिवादले यहाँलाई ठूलो हित गर्नेछ ।

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन पुरुषार्थिलो रहनेछ । जोशजाँगर बढेर आउने हुनाले रोकिएर रहेको काम पूरा गर्ने मौका मिल्नेछ । आज यहाँलाई कुनै कन्यालाई सेतो वस्तु दान दिनु उपयुक्त हुनेछ । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ भने सहकार्यको लागि प्रस्ताव आउनसक्नेछ । पेशागत क्षेत्रबाट आर्थिक उपार्जन गर्न सकिनेछ । तेस्रोक्रम, प्राकृतिक रङ्ग आज तपाईको लागि उपयुक्त रहनेछ भने कसैको दाजुभाइबीचको सम्बन्धमा सुधारको लागि समन्वय गरिदिँदा प्रष्तिठा बढ्ने छ ।  

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन धनवृद्धियोग परेको हुनाले व्यवसायिक धन्दा बढ्ने र धनसम्पत्ति सञ्चय गर्न सकिने छ । मनोनुकूल भोज्यवस्तु प्राप्ति हुनेछ । कुटुम्बको सेवा गर्ने मौका मिल्नसक्नेछ । शिक्षण, संभाषण, प्रवचन आदि वाकवृति हुनेहरुको लागि दिन विशेष अनुकूल रहनसक्ने छ । बोलीवचनबाट मान्छेहरुलाई प्रभाव पार्न सकिने तथा समर्थन मिल्ने हुनाले मन खुशी एवम् आनन्दित रहनेछ । समाज सेवाजन्य कार्य तथा संघसंस्था आदिको कार्यक्रम आदिमा सहभागी हुन पाइनसक्ने छ । परोपकार एवम् दानदातव्यजन्य आदिकार्यमा पनि आज यहाँको मन जानसक्ने छ ।


धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन खुशी एवम् उत्साह र उमङ्गिलो भएर बित्ने देखिन्छ । इष्टमित्रहरुको आगमनले पारिवारिक वातावरण रमाइलो हुनेछ । पेशा तथा व्यवसायका कामहरु थपिनसक्ने छन् । दिनचर्या व्यस्त नै रहनेछ । स्वागत सत्कारको अवसर पनि प्राप्त हुनसक्ने छ । कार्यक्षेबाट हैसियत एवम् औकात अनुसारको फाइदा उठाउन सकिनेछ । जागिर एवम् समाजसेवा र राजनीतिक क्षेत्र आदिमा पनि सन्तोषप्रद वातावरण बन्नसक्ने छ । यहाँहरुको लागि आज एक अंक, पहेंलो रङ्ग र गुरुजनको सेवाश्रद्धा उपयुक्त रहनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन खर्च बढ्नसक्ने देखिएको छ भने कार्यक्षेत्रमा पनि अल्लि बढी मेहनत गर्नुपर्ने छ । शुरुमा केही अपजश पनि खेप्न नपर्ला भन्न सकिन्न । अल्लि बढी कोसिस एवम् संघर्षले केही उपलब्धि ल्याउन सकिएला । औपचारिकता निर्वाह गर्नपर्ने खालका भेट्घाट आदिको लागि याात्रा गर्नु, उपहार आदि दिनु जस्ता कार्यमा खर्चको सदुपयोग गर्नु उचित हुनेछ । त्यस्तै ३ अंक र पहेंलो रङ्ग यहाँलाई आज शुभ हुनेछ भने कसैको सहयोगार्थ निस्काम भूमिका निर्वाह गर्नाले सन्तोष मिल्नेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन सदुपयोग गर्नजाने लाभकर दिन परेको छ । पेशागत कार्यमा उपयुक्त सफलता मिल्नेछ । अनुकूल गोचरप्रभावको सदुपयोग गरी व्यवसायबाट प्रचुर लाभ गर्नसकिने छ । पुरुषार्थ बृद्धि हुने रसोवापत मान्छेहरुबाट प्रसंशा मिल्ने तथा सहयोग पनि प्राप्ति हुने गोचर लक्षण छ । आफन्तजनबाट सहयोग प्राप्त गर्नसकिने तथा व्यवहारिक प्रगति एवम् स्याबासी मिल्ने र यश कृति पनि बढ्ने छ । प्रगतिकारक दिनको सदुपयोग गरी वैयक्तिक प्रगति एवं व्यवसायिक उन्नयन तर्फ चेष्टा दिनु बुद्धिमानी हुनेछ । गुमेको प्रतिष्ठा फर्काउन र बैंकब्यालेन्स बढाउनसकिने साथै विद्यामा पनि प्रगति हुनेछ ।

मीन राशिः
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन औपचारिक मानसम्मानप्रद रहनेछ । नोकरी आदि पेशा र व्यापार व्यवसाय एवम् समाजसेवाको क्षेत्रबाट प्रशंसा प्राप्त हुनेछ । राजनीतिमा पनि पदप्रतिष्ठा कायम हुनसक्ने छ । उच्चपदस्थ व्यक्तित्त्वसँग भेटघाट हुन तथा योजना आदि तर्जुमा गर्न सकिनेछ । कार्यक्षेत्रबाट यथोचित भौतिक लाभ हातपर्ने ग्रहयोग देखिन्छ । शिक्षा क्षेत्रमा पनि ग्रहले उपयुक्त भूमिका निर्वाह गरेको छ, समयको फाइदा लिनुहोला । यहाँलाई आज एक अंक, रातो रङ्गको उपयोग र गुरु गणपतिको श्रद्धाभक्ति गर्नु हितकर हुनेछ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan