Saturday 16th of December | २०७४ पौष १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘म सुदूरपश्चिमकी बुहारी हुँ’ : डाक्टर आरजु - तस्विर सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ५ मंगलबार
newsabhiyan
newsabhiyan

धनगढी,५ मंसिर । नेपाली कांग्रेस नेतृ डाक्टर आरजु राणा देउवाले आफू सुदूरपश्चिमकी बुहारी भएकोले कैलालीमा निर्वाचन क्षेत्र रोजेको बताउनुभएको छ । उहाँले कैलालीसहित प्रदेश नम्बर ७ ९सुदूरपश्चिम० को समग्र विकासलाई पहिलो प्राथमिकता बनाएकोले यहीबाट चुनाव लडेको बताउनुभयो ।

‘मलाई काठमाडौं, बाँके, बर्दिया सहित धेरै ठाउँबाट चुनाव लड्न अनुरोध आएको थियो डा। राणाले भन्नुभयो,‘ तर मैले कैलालीको यो क्षेत्र रोजे ।’ क्षेत्र नम्बर ५ का नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डाक्टर देउवाले मंगलबार धनगढी उपमहानगरपालिको वडा नम्बर ३ का बडहरा, विशालनगर, मसानटोल, चटकपुर लगायतका स्थानमा घरदैलौ र चुनावी सभा सम्पन्न गर्नुभयो ।



चुनावी सभाहरुमा उहाँले आफूलाई सुदूरपश्चिमका समस्या र अवस्थाबारे राम्रो ज्ञान रहेको दावी गर्दै भन्नुभयो, यहाँको तीब्र आर्थिक सामाजिक विकासको अठोट सहित म चुनावमा होमिएकी छु । यो क्षेत्र पिछडिएको क्षेत्रको रुपमा अब रहदैन ।”


उहाँले काँग्रेसले नै सुदूरपश्चिमलाई राजधानीसंग प्रत्यक्ष सम्पर्क स्थापित गराएको चर्चा गर्नुभयो ।

‘२२ पुलको निर्माणपछि नै सुदूरपश्चिमको राजधानीसंग प्रत्यक्ष सम्पर्क स्थापित भएको हो’ उहाँले भन्नुभयो,‘ सुदूरपश्चिम विश्वविद्यालयको स्थापना, मेडिकल कलेज, गेटा विमानस्थलको विस्तार लगायतका कार्य का“ग्रेस नेतृत्वको सरकारका कारण मात्रै सम्भव भएको हो ।’

नेतृ देउवाले पश्चिम सेती जलविद्युत आयोजना, पञ्चेश्वर आयोजना, दोधाराचाँदनीमा सुख्खा बन्दरगाह, गेटा विमानस्थलको स्तरोन्नती, गौरिफन्टा नाको स्तरोन्नत, एक वर्षभित्र पोलिक्लिनिक इन्स्टिच्युटको स्थापना, विशेष औद्योगिक क्षेत्र लगायत सुुदूरपश्चिमको तीब्र आर्थिक विकासका प्रमुख आधारका रूपमा रहेका योजनाहरू कांग्रेसले नै अघि बढाउने उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार डिल्लीराज पन्तले लोकतन्त्रको स्थापना, संविधान सभाबाट संविधानको निर्माणको नेतृत्व गरेको काँग्रेसले संविधानको पूर्ण कार्यान्वयन तथा मुलुकको द्रुत आर्थिक विकास पनि काँग्रेसले नै गर्ने दावी गर्नुभयो ।



चुनावी सभामा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्ट, वडा सभापति दिपेन्द्रबहादुर सिंह लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो  ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan