Saturday 16th of December | २०७४ पौष १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेसनल र जेभियर च्याम्पियन

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ५ मंगलबार
newsabhiyan

काठमाडौं,५ मंसिर । एघारौं एलए कपमा नेसनल कलेज र जेभियर इन्टरनेसनल कलेज मंगलबार च्याम्पियन बनेका छन् । नेसनल ब्वाइज फुटबलमा पहिलो भयो । बास्केटबलमा दोहोरो उपाधि जितेको जेभियरले ब्वाइज र गल्र्स दुवैमा शीर्ष स्थान हात पा¥यो ।
हात्तीवनस्थित लिटिल एन्जल्स (एलए) को मैदानमा भएको ब्वाइज फुटबल फाइनलमा नेसनलले नेपाल कमर्स क्याम्पस (एनसीसी) लाई २–१ गोलले पराजित ग¥यो । विजेताले ४० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाए ।
नेसनलका विक्रान्त राणा उत्कृष्ट खेलाडी घोषित भए । गोलरक्षकमा नेसनलकै अतुलविक्रम थापा तथा डिफेन्समा एनसीसीका अर्विन पौडेल उत्कृष्ट चुनिए ।

बास्केटबल फाइनलअन्तर्गत जेभियरले ब्वाइजमा इस्लिङटन तथा गल्र्समा केयूलाई हरायो । ब्वाइजमा अंकित कोइराला तथा गल्र्समा माया राई ‘मोस्ट भेलुएबल प्लेयर’ ठहरिए । दुवै जेभियरका हुन् । ब्वाइजमा पहिलो हुनेले २५ हजार तथा दोश्रोले १३ हजार नगद पुरस्कार जिते । गल्र्सको विजेता २० हजार तथा उपविजेता १० हजार नगदबाट पुरस्कृत भए ।

विजेतालाई एलए ग्रुपका अध्यक्ष पीबी लिम्बू, आर्थिक निर्देशक राजेश श्रेष्ठ, को–ओर्डिनेटर श्रृष्टि लिम्बू, एलए कलेजका प्रिन्सिपल मित्रबन्धु पौडेललगायतले पुरस्कृत गरे ।
कात्तिक २६ गतेदेखि सुरु प्रतियोगिताको नकआउट फुटबलमा २९ टिम सहभागी थिए । बास्केटबलको ब्वाइजमा १५ र गल्र्समा ७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan