Saturday 16th of December | २०७४ पौष १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रेसुङ्गा विमानस्थलमा वैशाखभित्र परीक्षण उडान

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ५ मंगलबार
newsabhiyan

तम्घास, गुल्मी, ५ मंसिर (रासस) ः निर्माणाधीन जिल्लाकै पहिलो रेसुङ्गा विमानस्थलमा आगामी वैशाखभित्र परीक्षण उडान हुने भएको छ ।

जिल्लाको सिमीचौरस्थित उक्त विमानस्थलमा १२ वर्षअघि सर्वेक्षण पूरा भई निर्माण कार्य शुरु भए पनि पर्याप्त बजेट विनियोजन हुन नसक्दा परीक्षण उडानमा ढिलाइ भएको हो ।

कूल ७६ रोपनी ६ आना जग्गामा रहेको सो विमानस्थलमा पर्खाल सम्याएर फिल्ड तयारी गर्ने र छ हजार ५०० घनमिटर ग्राभेलको जिम्मा लिएका सुनिल–समिर निर्माण सेवा प्रालिले हालसम्म चार हजार ५०० घनमिटरको काम पूरा गरेको छ ।

आउँदो पुस ९ गतेसम्मका लागि रु तीन करोड १८ लाखको ठेक्क पाएको सो कम्पनीका अध्यक्ष नारायण पोखरेलले विमानस्थलका लागि आवश्यक ३० मिटर रन्वे अपुग हुने देखिएकाले सोका लागि उपभोक्ता समितिले जग्गा अधिग्रहण गरिदिनुपर्ने र अधिग्रहण भइसकेका केही घरधनीले स्थान नछाडेकाले कटिङको काममा ढिलाइ भएको बताउनुभयो ।

विमानस्थलका लागि गठित उपभोक्ता समितिका अध्यक्ष मधुकृष्ण पन्थीले अधिग्रहणको कार्य लगभग पूरा भएकाले यसै वर्षको अन्त्य सम्ममा कच्ची धावनमार्ग तयार हुने बताउनुभयो । उहाँले बजेट अभावमा समयमा काम हुन नसकेको पनि बताउनुभयो । जिल्ला सदरमुकाम तम्घासबाट विमानस्थल सात किलोमिटरको दूरीमा पर्छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan