Saturday 16th of December | २०७४ पौष १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

'बेपत्ता र मेलमिलाप आयोगको काम भएन'

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ६ बुधबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, ६ मंसिर । राष्ट्रिय मानवाधिकार आयोगले मंसिर ५ गते शान्ति सम्झौता भएको ११ वर्ष पूरा पनि द्वन्द्वपीडितले न्याय पाउन सकेनन् भन्यो ।

विस्तृत शान्ति सम्झौताको ११ वर्ष पूरा भएको अवसरमा मंगलबार आयोजित कार्यक्रममा आयोगले सरकार मानव अधिकारप्रति सम्वेदनशील नभएको आरोप लगालउँदै आयोगले गरेका सिफारिसहरु कार्यान्वयनमा सरकारले उदासिनता देखाएको उल्लेख गर्दै अव आयोग कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए ।

मानवाधिकार आयोगले यस्तो चेतावनी वर्ष वर्ष दिनमा दिदै आएको छ । चेतावनी दिने र चुप लागेर बस्ने मानवाधिकार आयोगको विशेषता बनेको छ ।

मानवाधिकार आयोगले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठन गरिए पनि पनि काम गर्न नसकेको भनेको छ ।

यसैवीच समाजका हरेक तह र तप्काले विस्तृत शान्ति सम्झौता भएको ११ वर्ष पुगे पनि द्वन्द्वकालीन मुद्दाहरुको सत्यतथ्य अभिलेख गर्ने, गम्भीर मानवअधिकार उल्लंघनका दोषीलाई कारवाही र पीडितलाई न्याय दिने काम हुन नसकेकोमा चिन्ता प्रकट गरेका छन् ।

बेपत्ता दिवस, मंसिर ५ गते बेपत्ताहरुको फोटो प्रदर्शन गरेर यी कहाँ छन् भनेर सरकारलाई सोधिएको छ ।  तर सरकार कानमा तेल हालेर बसेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan