Saturday 16th of December | २०७४ पौष १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निर्वाचनमा असल उम्मेदवारको प्रतिनिधित्व कहिले ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ६ बुधबार
newsabhiyan
newsabhiyan

डा. मायाकुमारी शर्मा, अब निर्वाचनको समय आएको छ, नक्कली बोलीको बिगबिगी सुरू हुन्छ नै । हाम्रो गरिबी, पछौटेपन तथा सामाजिक, आर्थिक र नैतिक विपन्नताका कारण भनेको पार्टी, नातागोता, पैसा र मासुभातका भरमा गलत मानिसलाई भोट दिनु नै हो ।

सामान्य प्रलोभनमा गलत व्यक्ति विजयी हुने परिणामस्वरुप देश र समाज भने पराजयको शिकार बन्ने विषयमा अब हामी सबै मतदाताले गम्भीर रुपमा विवेकपूर्ण निर्णय गर्नुपर्ने बेला आएको छ । हामी सधैँ निर्वाचनमा मतदानको नाममा मत बिक्री गर्ने कामले गलत व्यक्ति र त¤वले सत्ताको हालीमुहाली गरेको छ ।

परिणामतः गलत व्यक्ति शक्तिमा पुग्ने र उसको आसेपासेको मुहार फेर्ने तर देश र देशवासीको मुहार त भाषणमा मात्र फेरिएको हामीले भोग्दै आएको यथार्थ हो । अब त गलत व्यक्तिहरुमा यस्तो मनोबल उत्पन्न र विकसित भएको छ कि निर्वाचनमा भागिदार बन्न पाउने र विजय प्राप्त गर्ने आधार नै पैसा र प्रलोभन हो ।

जसरी हुन्छ लुट मच्चाउनु र सम्पत्ति जोड्नु नै सत्तामा बस्ने र सत्तासँग जोडिएका वर्गको उद्देश्य भएको छ । किनकि, विगत आधा शताब्दीभन्दा बढी समयको प्रयोगले आर्थिक शक्ति नै निर्वाचनमा विजयको एकमात्र आधार सिद्ध भएकाले नै निर्वाचनको पूर्वसन्ध्यामा गलत त¤व फेरि नयाँ भाषा र शैलीमा बर्बराउन र कुर्लिन थालेको छ ।

हामी हतारमा मतदान गर्ने र फुर्सदमा पछुताउने गर्दै आएका छौँ । तसर्थ, हामी सचेत तर विगतमा अचेत सबै मतदाताहरु सचेत हुन र खबरदारीसमेत गर्न जरूरी छ । खास गरेर विगतमा सरकारप्रमुख रहेका, सरकारको जिम्मेवारीमा रहेका र माननीय निर्र्वािचत वा मनोनीत भएर आफ्नो र आफ्नाहरुको मात्र बन्दोबस्त गर्नेहरुको धेरै लामो सूची हामी सबै नेपालीहरुको मन–मस्तिष्कमा कैद भएको छ ।

त्यो पनि कहिल्यै नमेटिने गरी कैद भएको विषय अब त्यसको हेक्का र तिनलाई फेरि अर्कों नक्कली भाषा र झूटो ललीपपप्रति अविश्वास मात्र मनमा बोकेर हैन यस्ताहरुविरूद्ध छारस्ट गरेर यिनीहरुलाई पार्टीभित्रैबाट टिकटमा रोक लगाउन अब हामी सबैमा, सबै पार्टीसँग सम्बन्धित साथै आमविवेकशील नागरिकमा क्रान्तिकारी जागरण आउन आवश्यक छ । तीन पुस्ताको मत एउटै व्यक्तिले पाउने र लिने गलत प्रणालीलाई अहिले त भत्काउनु नै पर्छ ।

तीस–चालीस वर्षसम्म एउटै व्यक्तिलाई भोट दिएर त्यो समाजले त्यो व्यक्तिबाट के पायो ? हामी व्यक्ति निर्माणका लागि कि समाज निर्माणका लागि मतदान गर्दैछौँ ? र, किन ऊमात्रै प्रतिनिधि सधैँ हुने ? के छ उसको विशेष योग्यता ? एकाधिकारको गलत परम्परा र संस्कारलाई आउँदो निर्वाचनमा ध्वस्त पार्नु नै पर्छ ।

यसलाई कहिल्यै पुनरावृत्ति नहुने गरी निमोठ्नुपर्छ । मेरो हातमा र मेरो पार्टीमा शक्ति आए म देशको आर्थिक विकास नाटकीय रुपमा गर्छु भन्नेहरु कसैको पनि विगतलाई बिर्सेर समर्थन गर्नुभयो भने यो अहिलेको एकपटकको गलत निर्णयले फेरि भावी पुस्तालाई दशकौँ पछि धकेल्ने छ ।

अहिले विगतको क्रियाकलापबाट गलत प्रमाणित भएका पुरानालाई नै मतदान गर्ने आत्मघाती निर्णयबाट बच्न हामी सबै राष्ट्रवादी र यथार्थमा नै परिवर्तनकारी शक्ति पार्टीको संकीर्ण घेराबाट समेत माथि उठ्नुपर्छ, ऐक्यबद्ध हुनैपर्छ र सामूहिक खबरदारी गर्नु नै पर्छ ।

भाषण र बोलीमा समाजवादी, व्यवहार र कार्यशैलीमा परिवारवादी, नातागोतावादी तथा सक्कली सामन्तवादीको पहिचान बोकेकाहरुलाई अब कुनै पनि अवस्थामा सत्तामा पुग्न दिनुहुँदैन भन्ने कुरा बोलीबाट हैन व्यवहारबाट नै प्रमाणित र कार्यान्वयन गर्ने बेलामा हामी छौँ ।

यो समयमा हामी कोही पनि नचुकौँ र त्यो गलत त¤वसँग नझुकौँ । कसैको पनि प्रलोभनको लहलहै र भूलभुलैयामा पनि नलागौँ । (अर्थशास्त्रमा विद्यावारिधि शर्मा पूर्वराजदूत हुन् ।)  न्यूज अभियानका लागि चितवन पोष्टबाट । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan