Saturday 16th of December | २०७४ पौष १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

धितोपत्र बोर्डद्धारा गण्डकी र ग्रिनको हकप्रद स्वीकृत

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ६ बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ६ मंसिर । नेपाल धितोपत्र बोर्डले गण्डकी बिकास बैंक र ग्रिन डेभलपमेन्ट बैंकको हकप्रद स्वीकृत गरेको छ । बोर्डका अनुसार गण्डकी बिकास बैंकलाई बिद्यमान चुक्ता पुंजीको २५ प्रतिसत अर्थात चार बराबर एकको अनुुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुुमती दिएको हो ।

सो अनुुरुप गण्डकीले एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी ४६ करोड नौ लाख ८१ हजार पाँच सय ५० रुपैयाँ बराबरको ४६ लाख नौ हजार आठ सय १५ दसमलव ५० कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ । बैैंकको सेयर निष्काशन तथा बिक्री प्रर्वन्धकमा प्रभुु क्यापिटल लिमिटेड रहेको छ ।

हाल चुक्ता पुंजी एक अर्ब ८४ करोड रुपैयाँ रहेको गण्डकीको हकप्रद सेयरको बिक्री पश्चात चुक्ता पुंजी दुुई अर्ब ३० करोड रुपैयाँ पुुग्ने छ ।

यसैगरी ग्रिन डेभलपमेन्ट बैंकले पनि ४० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न अनुुमती पाएको छ । बोर्डले बैंकलाई एक बराबर चारको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी ४० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुुमती दिएको हो ।

सेयर निष्काशन तथा बिक्री प्रर्वन्धक लक्ष्मी क्यापिटल लिमिटेड रहेको बैंकको हाल चुुुक्ता पुंजी १० करोड रुपैयाँ रहेको छ । बैंकको हकप्रद सेयरको बिक्री पश्चात भने चुक्ता पुंजी ५० करोड रुपैयाँ पुुग्ने छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन तीन जिल्ले बिकास बैंकहरुले न्युुनतम ५० करोड रुपैयाँ चुक्ता पुंजी कायम गर्नुुपर्ने भएपछि बैंकले हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan