Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कमजोरमा गुज्रिदै फाइनान्स कम्पनीहरु: १८ मध्ये सातवटाको नाफा ऋणात्मक - सुची सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ६ बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ६ मंसिर  ।
फाइनान्स कम्पनीहरुको नाफा कमजोर देखिएको छ । सञ्चालनमा रहेका झण्डै २८ वटा फाइनान्स कम्पनीहरुमध्ये हालसम्म १८ वटाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय प्रतिवेदन सार्वजनिक गरेकोमा अधिकांशको नाफा कमजोर देखिएको छ । पछिल्लो समयमा फाइनान्सहरु कमजोर बन्दै गएको देखिएको छ ।

अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गर्नेहरुमध्येमा युुनाइटेड, जेबिल्स, सिनर्जी, रिलायन्स, प्रोग्रेसिभ, सिर्जना र गोर्खाजसहितका सातवटा फाइनान्स कम्पनीहरुको नाफा ऋणात्मक देखिएको छ । यि बाहेक गुुहेश्वरी मर्चेन्ट, गुडबिलसहितका सातवटा फाइनान्सको नाफा भने बढेको छ । चालू आवको पहिलो त्रैमासमा जानकी, पोखरा, मञ्जुुश्री र मल्टिपर्पोस फाइनान्सको नाफा भने गत आवको सोही अवधिको तुुलनामा घटेको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा आईसीएफसी फाइनान्सले दुुई करोड ६१ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाए पनि गत आवको तुुलनामा उक्त फाइनान्सको नाफा कम देखिएको छ । आईसीएफसीले गत आवको सोही अवधिमा छ करोड २१ लाख २५ हजार रुपैयाँ खुुद नाफा कमाएको थियो । चुक्ता पुँजी ८० करोड १७ लाख ८४ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा सात अर्ब १२ करोड ३१ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ६५ करोड ९९ लाख ३७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ५८ प्रतिशत रहेको छ ।

वेष्ट फाइनान्सले पनि चालू आवको पहिलो त्रैमासमा दुुई करोड ३५ लाख २७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा फाइनान्सले १३ लाख ९३ हजार रुपैयाँ खुुद नोक्सानी बेहोरेको थियो । चुक्ता पुँजी २२ करोड एक लाख ९५ हजार रुपैयाँ रहेको फाइनान्सले यही असोज मसान्तसम्म १२ करोड १२ लाख रुपैयाँ निक्षेप संकलन गरी १९ करोड एक लाख ८१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ भने निष्क्रिय कर्जाको अनुपात ८३ दमशलव ८८ प्रतिशत रहेको छ । हाल चुक्ता पुँजी ४९ करोड ३४ लाख ८२ हजार रुपैयाँ रहेको गुह्ेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीले पनि चालू आवको पहिलो त्रैमासमा एक करोड ५९ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा एक करोड ४२ लाख तीन हजार रुपैयाँ रहेको थियो । फाइनान्सले चालू आवको पहिलो त्रैमासमा दुुई अर्बै ५२ करोड ४० लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब १४ करोड ८७ लाख ६९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यसैगरी गुुडविल फाइनान्सले पनि यही असोज मसान्तसम्म एक करोड २० लाख ६८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो मुनाफा एक करोड १९ लाख ६० हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी ७२ करोड ६० लाख रुपैयाँ रहेको गुुडविलले यही असोज मसान्तसम्म चार अर्ब ६६ करोड ८१ लाख २७ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ९० करोड ४३ लाख ११ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यीबाहेक सेन्ट्रल, श्री इन्भेष्टमेन्ट र अरुण फाइनान्सले पनि यस अवधिमा नाफा कमाएका छन् ।

युुनाइटेड फाइनान्सले भने चालू आवको तीन महिनामा नै तीन करोड ४५ लाख तीन हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा फाइनान्सले एक करोड दुुई लाख २० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । गत आवको पहिलो त्रैमासमा ५३ लाख २९ हजार रुपैयाँ खुद मुनाफा कमाएको सिनर्जी फाइनान्स पनि चालू पहिलो त्रैमासमा तीन करोड नौ लाख ४४ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । यसैगरी जेबिल्स फाइनान्सले पनि चालू आवको पछिल्लो तीन महिनामा २५ लाख ७० हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा फाइनान्सले ३९ लाख ७८ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

गत आवको पहिलो त्रैमासमा ३१ लाख १९ हजार रुपैयाँ खुद मुनाफा कमाएको रिलायन्सले पनि चालू आवको पहिलो त्रैमासमा दुुई करोड ७१ लाख ५४ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । यसबाहेक प्रोगे्रसिभ फाइनान्सले पनि चालू आवको पहिलो तीन महिनामा मै एक करोड नौ लाख ५३ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सले २० लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

जानकी फाइनान्सले पनि चालू आवको पहिलो त्रैमासमा २७ लाख ६५ हजार पाँच सय १० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सको यस्तो नाफा एक करोड ७५ लाख ४२ हजार रुपैयाँ रहेको थियो ,आर्थिक दैनिकमा उल्लेख छ । यसबाहेक पोखरा, मञ्जुुश्री र मल्टीपर्पोस फाइनान्सको नाफा पनि गत आवको सोही अवधिको तुुलनामा घटेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan