Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रिमालको स्थिति बलियो

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ६ बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौँ, ६ मंसिर । आसन्न प्रदेश सभा तथा प्रतिनिधि निर्वाचनमा क्षेत्र न. ८ ख प्रदेशमा प्रत्यक्षतर्फ प्रकाश रिमालको स्थिति बलियो देखिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार रिमालले विगत लामो समयदेखि सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएकाले उनको पक्षमा जनलहर बढेको स्थानीयबासी बताउँछन् ।

२०५४ सालमा सीतापाइला गाविस ६को वडा अध्यक्षमा निर्वाचित रिमालले यसै क्षेत्रमा ८ वर्ष शिक्षण पनि गरेका थिए । सीतापाइला,रामकोट,भीमढुङ्गा सडक उपभोक्ता समितिको अध्यक्ष भई उनले विकासमा योगदान पु¥याएका थिए ।

उनकै पहलमा यस क्षेत्रमा लायन्स क्लबको स्थापना भएको थियो । उनी सीतापाइला जेसिजका पूर्व अध्यक्ष,नेपाल शिक्षक परिषद्का जिल्ला उपाध्यक्ष र नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य  पनि हुन् ।

रिमाल यसै क्षेत्रको बासिन्दा भएकोले पनि उनको सम्भावना बलियो देखिएको नागार्जुन नगरपालिका, वडा नं.५ का वडा अध्यक्ष समेत रहेका स्थानीय बासिन्दा महेश रिमालले बताए ।

राप्रपाको भातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष समेत रहेका रिमाल स्थानीयस्तरमा प्रभावशाली नेता मानिन्छन् ।घरदैलोमा व्यस्त रिमालले भने,“आफ्नो जन्मभूमिको विकासका लागि अहोरात्र खट्नेछु ।”


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan