Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ज्योति विकास बैंकको शाखा धनगढीमा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ६ बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ६ मंसिर । ज्योति विकास बैंक लिमिटेडले कैलालीको धनगढीमा पनि शाखा बिस्तार गरेको छ । बैंकले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रम बुधबारदेखि कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ४, चौराहमा नयाँ शाखा कार्यालय स्थापना गरी एक बिशेष समारोहका बिच औपचारिक रुपमा संचालनमा ल्याएको छ ।

उक्त शाखा कार्यालयको समुद्घाटन समारोहका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख, निर्देशक धनन्जय शर्मा तथा धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वडले संयुक्तरुपमा गरेका हुुन ।

गत हप्ताभित्र मात्रै बैंकले मकवानपुर जिल्लाको ग्रामिण भेग बाग्मती गाउँपालिकाको फापरबारी, मकवानपुर जिल्लाकै हेटौंडा बजार, महोत्तरी जिल्लाको रामगोपालपुर र काठमाडौंको नेपालटारमा नँया शाखा संचालनमा ल्याएको थियो ।

आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामीण भेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा विस्तार गर्दै लगिने र मुनाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्व र सेवा भाव समेतलाई जोड दिँदै आएको कुरा कार्यक्रमका सभापति एंव बैंकको संचालक समितिका सदस्य जगदीश्वर प्रसाद अधिकारीले जानकारी दिएकाछन ।

उक्त कार्यक्रममा विशेष अतिथि कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बैंकको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए । कार्यक्रममा बैंकको संचालक  समितिका सदस्यहरु, बैंकका नायब प्रमुख अधिकृत मनोज कुमार ज्ञवाली, उपमहानगरपालिका ४ नम्बर वडाका प्रतिनिधिहरु लगायत अन्य विशिष्ठ व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

२०६५ सालश्रावण ९ गतेबाट राष्ट्रियस्तरको विकास बैंककोरुपमा संचालनमा आएको बैंकको ४६ वटा शाखा कार्यालय र १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्व ालगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्ध गर्नुका साथै स्थानीय स्तरमा कृषिउत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतमा केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराउने छ ।

हालसम्म बैंकले करिब १२ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन तथा १० अर्व ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) पश्चात विकास बैंकको चुक्ता पूँजी दुुई अर्व ३७ करोड पुगेको छ । गत आ.व. को नाफाबाट बोनस शेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई तोकेको चुक्ता पूँजी पुग्नेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan