Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्सेमा सुधार जारी, सुचक बढेपनि कारोवार रकम यथावत (तालिका सहित)

कसले कमायो–कसले गुमायो ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ६ बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ६ मंसिर । साताको चौथों कारोवार दिन आज बुधबार पनि नेप्सेमा सुधार देखिएको छ । नेप्से आज बढेपनि कारोवार रकम भने यथावत रहेको छ ।

नेप्से आज आठ दसमलव दुुई अंकले बढेर १४ सय ८० दसमलव २६ अंकमा कायम रहेको छ भने सेन्सिटिभ एक दसमलव ९६ अंकले बढेर तीन सय ११ दसमलव ९६ अंकमा कायम रहेको छ ।

एक सय ५९ कम्पनीहरुको चार हजार दुुई सय ४९ वटा कारोवारमा नौ लाख ३१ हजार पाँच सय ३२ कित्ता सेयर खरिद बिक्री भएकोमा कारोवार रकम ३४ करोड ८२ लाख ८३ हजार तीन सय ५२ रुपैयाँ पुुगेको छ ।

नौ वटा समुहको कारोवार भएकोमा दुुई वटा समुहको कारोवार घटेर ट्रेडिङ समुहको कारोवार स्थिर रहेको छ बाँकी छ वटा समुहको कारोवार सुचक बढेको छ वटा समुहको सुचक बढेको छ ।

बाँणिज्य बैंक समुहको सुचक सात दसमलव ६३ अंकले घटेर १२ सय ६९ दसमलव ४८ अंंकमा कायम रहेकोमा १२ करोड २९ लाख ४५ हजार रुपैयाँको कारोवार भएको छ ।

बिकास बैंक समुहको सुचक छ दसमलव ७८ अंंकले बढेर १७ सय ३० दसमलव ६० अंंकमा कायम रहेकोमा दुुई करोड ४० लाख ९८ हजार रुपैयाँको कारोवार भएको छ ।

जलबिद्युुत समुहको सुचक पनि आज २० दसमलव ५१ अंकले बढेर १८ सय ७६ दसमलव ११ अंकमा कायम रहेकोमा दुुई करोड ८४ लाख २६ हजार सात सय रुपैयाँको कारोवार भएको छ ।

बीमा समुहको सुचक ५५ दसमलव ७२ अंकले बढेर सात हजार नौ सय ५४ दसमलव ७८ अंकमा कायम रहेकोमा पाँच करोड २३ लाख ८९ हजार रुपैयाँको कारोवार भएको छ । होटल र लघुबित्त समुहको सुचक पनि आज बढेकाछन । फाईनान्स र अन्य समुहको सुचक भने आज सामान्य अंकले घटेका छन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा ग्रिन डेभलपमेन्ट बैंक परेको छ भने बढी  गुुमाउने कम्पनीको सुचीमा सिर्जना फाईनान्स बित्तीय संस्था परेको छ । यसैगरी रकम कारोवारका आधारमा भने साँग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर परेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस  कम्पनीको नाम  कारोवार भएको मुल्य बढेको मुल्य
ग्रिन डेभलपमेन्ट बैंक     ६१३  ९.८६
२  प्रोग्रेसिभ फाईनान्स     २३०  ५.५०
हाम्रो बिकास बैंक     १९०  ४.४०
४  दिव्येश्वरी हाईड्रो पावर लिमिटेड     १५१ ४.१४
सोल्टी होटल लिमिटेड      २७४ ३.४०

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य घटेको मुल्य
१  सिर्जना फाईनान्स       ४६७ ५.४९
हिमालयन जनरल इन्स्योरेन्स     ६४५  ५.४२
३  रिलायवल माईक्रो फाईनान्स     १४७०  ३.८६
अरुण फाईनान्स      १५६  ३.७०
५  ओरेन्टल होटल समुह     ६२५   ३.२७

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको रकम अन्तिम मुल्य
१  साँग्रिला डेभलपमेन्ट बैंक (संस्थापक)   २६५१६३४० २०५
नेपाल दुर सञ्चार लिमिटेड    २२०००७४० ८३९
एभरेष्ट बैंक     १९८५१५६० ११६५
प्रभुु बैंक (संस्थापक)    १६८२७२८०  १७०
५  बुुटवल पावर कम्पनी    १२६१७८५३  ६२८

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan