Saturday 16th of December | २०७४ पौष १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कैलाख बिकास बैंकको शाखा ईटहरीमा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ७ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ७ मंसिर । कैलाश विकास बैंक लिमिटेडले सुनसरीको ईटहरीमा आफ्नो ४१ औँ शाखा स्थापना गरेको छ । मंसिर ६ गते बुधबार बैंकका संचालक उद्घव राज पुरीले एक समारोहका बिच उक्त शाखाका समुद्धघाटन गरेका हुुन ।

यो नयाँ शाखा सहित बैंकको शाखा संख्या ४१ पुगेका छन् भने एटिएमको संख्या २० पुगेका छन् । बैंकले निकट भविश्यमा कैलाली जिल्लाको धनगढी र रुपन्देही जिल्लाको भैरहवामा गरी थप दुई शाखाहरु संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्ता पूँजी दुुई अर्व २९ करोड रहेको छ । उक्त पूजींमा १० प्रतिशतका दरले बोनश शेयर जारी गर्ने स्विकृती नेपाल राष्ट्र बैंकले दिईसकेकोले वार्षिक साधरण सभा पश्चात संस्थाको चुक्ता पुंजी दुुई अर्ब ५२ करोड पुग्नेछ । बैंकले कार्तिक मसान्त सम्म १८ अर्व ५३ करोड निक्षेप संकलन गरी १६ अर्ब १५ करोड कर्जा प्रवाह गरेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan