Friday 19th of October | २०७५ कार्तिक २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्सेमा आज पनि सुधार जारी, मध्यान्हसम्म नौ अंकले बढ्यो

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ७ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ७ मंसिर । नेप्सेमा आजपनि सुधार जारी रहेको छ । मध्यान्हसम्म नेप्से नौ दसमलव तीन अंंकले बढेको छ भने सेन्सिटिभ दुुई दसमलव आठ अंकले बढेको छ ।

यसबिचमा ९९ कम्पनीह्रुको नौ सय ६२ वटा कारोवारमा दुुई लाख ५१ हजार एक सय ५५ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम १७ करोड ९१ लाख ८२ हजार दुुई सय ६५ रुपैयाँ पुुगेको छ ।

सबैगरी मध्यान्हसम्म कुुल नौ वटा समुहको कारोवार भएकोमा ट्रेडिङ समुहको सुचक स्थिर देखिएको छ भने फाईनान्स समुहको सुचक घटेको छ । यसबाहेक बाँणिज्य बैंक, बिकास बैंक, बीमा सहितका सात वटा समुहको सुचक भने बढेका छन् ।

मध्यान्हसम्म कर्णाली डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ७७ पैसाले बढेर दुुई सय ८१ रुपैयाँमा कारोवार भएको छ भने सेन्ट्रल फाईनान्सको प्रतिकित्ता सेयर मुल्य तीन रुपैयाँ १९ पैसाले घटेर एक सय ८२ रुपैयाँमा कारोवार भएको छ ।

साना किसान बिकास बैंकको संस्थापक सेयरतर्फत भने मध्यान्हसम्म नौ सय रुपैयाँ अन्तिम मुल्यमा एक करोड ६४ लाख ६२ हजार आठ सय रुपैयाँको सेयर किनबेच भएको छ ।

 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan