Sunday 25th of February | २०७४ फाल्गुण १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

खराव कर्जा अझै उच्च, पहिलो तीन महिनामा नै झण्डै चार करोड खुुद नोक्सानी

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ७ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ७ मंसिर । कुुकुरको पुुच्छर १२ बर्ष ढुुंग्रोमा हालेपनि जस्ता तस्तै हुन्छ भन्ने उदाहरण यतिखेर गोर्खाज फाईनान्समा केसमा सत्य सावित भएको छ ।

झण्डै पाँच बर्षसम्म समस्याग्रस्त भएर पछिल्लो समयमा सुधारमा आएको भनिएको गोर्खाज फाईनान्सको बित्तीय अवस्था झन कमजोर बन्दै गएको छ ।

सञ्चालन तथा व्यवस्थापन पक्षको कमजोरीका कारण फाईनान्समा खराव कर्जाको अनुपात बढेकोे छ भने चालुु आर्थिक बर्षको पहिलो तीन महिनामा नै फाईनान्सले करोडौं रुपैयाँ नोक्सानी बेहोरेको छ ।

फाईनान्सले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा तीन करोड ६२ लाख ३० हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा फाईनान्सले छ करोड ३५ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पुंजी ८६ करोड ७९ लाख ९४ हजार रुपैयाँ रहेको फाईनान्सले चालुु आवको पहिलो त्रैमासमा चार अर्ब ११ करोड आठ लाख २५ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ६४ करोड ९७ लाख ४१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

घरजग्गा क्षेत्रमा २६ करोड ५२ लाख ३८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको फाईनान्सले सो अवधिमा एक करोड ५२ लाख २० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । प्रोभिजन रकम पाँच करोड ५९ लाख रुपैयाँ रहेको फाईनान्समा निष्क्रिय कर्जाको अनुपात चार दसमलव ९३ प्रतिसत रहेको छ ।

गत आवको सोही अवधिमा फाईनान्सले दुुई अर्ब ९४ करोड ९२ लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ६८ करोड चार लाख ४२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा तीन करोड ४१ लाख ४६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको फाईनान्समा १० दसमलव ५६ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan