Saturday 16th of December | २०७४ पौष १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

काज सरुवा गर्ने निर्णयको सक्कल फाइल २४ घण्टाभित्र पेश गर्न निर्देशन

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ७ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौँ, ७ मंसिर । सरकारले छजना उपसचिवको काज सरुवा गर्न मागेको सहमतिलाई निर्वाचन आयोगले अस्वीकार गरेको छ ।

गृह मन्त्रालयले ती उपसचिवको सरुवाको सहमतिका लागि पत्र लेखी पठाएकामा सहमति प्रदान नगर्ने निर्णय भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

आयोगले पत्र पाएको २४ घण्टाभित्र काज सरुवा गर्ने निर्णयसम्बन्धी सक्कलै फाइल उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले काज सरुवा गरेका उपसचिव, राजपत्राङ्कीत द्वितीय श्रेणीका छजना कर्मचारीमध्ये तीनजना प्रमुख जिल्ला अधिकारी रहेका छन् ।

गृह मन्त्रालयले यही मंसिर ५ गते काज सरुवाका लागि पत्र पठाएको थियो । निर्वाचन आचारसंहिता लागू भएको अवधिमा आयोगको सहमति नलिई सरुवा गर्न वा काज खटाउन नमिल्ने निर्वाचन आचारसंहिता, २०७२ मा व्यवस्था गरिएको छ । (रासस) 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan