Saturday 16th of December | २०७४ पौष १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राजपा नेपालको घोषणापत्र सार्वजनिक: सबै नेपालीको परिचयलाई सम्मान गर्ने, अधिकार सुरक्षित गर्ने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ७ बिहिबार
newsabhiyan
newsabhiyan

महोत्तरी । राष्ट्रिय जनता पार्टी नेपाल राजपाले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनीक गरेको छ ।

विहिबार महोत्तरीको जलेश्वरमा एक कार्यक्रम गरी राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, नेता राजेन्द्र महतोको उपस्थितीमा ‘पहिचान, अधिकार र सम्मान, राजपा नेपालको दृढ अडान’ भन्ने चुनावी मुल नारासहीत १५ बुँदे चुनावी प्रतिबद्धता सहितको घोषणापत्र सार्वजनिक गरेको छ ।

‘सबैको पहिचान, सबैको अधिकार–राजपालाई मत, एकमात्र अधिकार’ भन्दै राजपाले समुन्नत नेपाल, सम्पन्न नेपाली, सार्थक संविधान, समावेशी राज्य, समतामूलक समाज, सार्वभौम नागरिक भन्ने विषयलाई जोड दिइएको छ ।

मधेस, थरुहट तथा पहिचान र अधिकारका लागि भएका हरेक विद्रोह र आन्दोलनका क्रममा शहादत दिएका र घाईते भएका हरेक जीवित र मृत शहीदहरुको सपना साकार पार्न, नेपालबाट सबैखाले विभेदको अन्त्य गर्दै सबै नेपालीको परिचयलाई सम्मान गर्ने, सबैको अधिकार सुरक्षित गर्ने, प्रदेशको सिमांकन सच्याउने, र राष्ट्र निर्माणको गहन अभिभारामा सबैलाई समावेश गराउने गरी संविधानलाई पूर्णता प्रदान गर्न र देशमा जारी दशकौं लामो राजनीतिक अस्थिरता र अनिश्चिततालाई सधैंका लागि अन्त्य गर्दै मुलुकलाई शान्ति, समृद्धि र सफलताको बाटोमा डोर्‍याउने समावेशी र सक्षम राज्य व्यवस्था बसाल्न राजपा नेपालको चुनाव चिन्ह छातामा मत हाल्न आह्वान गरेको छ । 


विश्वका अन्य राष्ट्रहरुसँग तुलना गर्दै राजापाले तराई—मधेसलाई छुट्टै देशको रुपमा व्याख्या गर्ने विवादस्पद दृष्टिकोण घोषणापत्रमा ल्याएको हो ।
जापान, स्वीडेन, दि नेदरल्यान्ड्स एक राज्य र एक राष्ट्र भएका अन्यन्तै थोरै मुलुकहरुमध्ये हुन् । तर, अमेरिका, क्यानडा, भारत र विश्वका अन्य अनिगिन्ति देशहरु एक राज्य तर अनेक राष्ट्र भएका मुलुकहरु हुन भन्दै राजापाले भनेको छ,‘यस अर्थमा नेपाल एक बहुभाषिक, बहुजातिय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुराष्ट्रिय देश हो ।’

‘नेपालको उच्च हिमाली क्षेत्रमा बस्ने समुदाय र चीनको स्वाशासित प्रदेश तिब्बतमा रहेका उस्तै सँस्कृति भाषा र चालचलनमा सामीप्यता भएका समुदायहरुको राष्ट्र एकै भएपनि देश फरक रहेको छ । त्यस्तै भारतको दार्जिलिंग, सिक्किम, आसम आदिमा बस्ने खस भाषाभाषी होस् वा नेपालमा बस्ने खस भाषाभाषी सँस्कृती, विचार एवं चालचलनको आधारमा एकै राष्ट्र हुन् तर तिनीहरुको देश फरक छ,‘राजापाको घोषणापत्रको प्रस्तावनामा उल्लेख छ, ‘यसैगरीकन नेपालको दक्षिणतिरको समथरभूमिमा बस्ने मधेसी, थारु, दलित, जनजाति र मुस्लिम शत प्रतिशत नेपाली हुन तर ती सामूहिक रुपमा आफैमा एक राष्ट्र पनि हो ।

जसको निश्चित भुगोल, समान जीवन पद्दति, सँस्कृति, सभ्यता एवं मनोविज्ञान छ । यो भारत, मरिसस र अन्य देशका समुदायहरुसँग मेल खान पनि सक्छ ।’

पार्टीले घोषणापत्र बनाउने जिम्मेवारी राजपा अध्यक्ष मण्डलका सँयोजक महन्थ ठाकुरलाई दिएको थियो । ठाकुरले पार्टीभित्र छलफल नै नगरी मधेसलाई छुट्टै देशको रुपमा लिनुपर्ने धारणा घोषणापत्रमा ल्याएको प्रति पार्टीकौ नेतृत्वपंक्ति असन्तुष्ट भएको छ ।

पौराणिक कालदेखिका महर्षि जनक, सीता, गार्गी, याज्ञवल्क्य मैत्रियी एवं २५०० वर्ष पहिले जन्मेका शान्तिदूत गौतम बुद्ध सबै एकै राष्ट्र भएको राजपाको घोषणापत्रमा उल्लेख छ ।

जातीय विविधता एवं भौगोलिक र अन्य तरिकाले फरक हुन गएका राष्ट्रहरुलाई एउटै राज्यमा समाहित र आत्मसाथ गर्ने लोकतान्त्रिक राजनीतिक शासन निर्माण नै आदर्शवादी राजनीतिक चिन्तकहरुका लागि ठूलो चुनौती भएको भन्दै राजपाले भनेको छ, नेपाल निकै लामो समयदेखि यस्तै चुनौतीको सामना गर्दै आएको मुलुक हो ।’

सबै नागरिकले समानता महसुस गर्दा मात्रै एउटा राज्य–राष्ट्र निर्माण प्रारम्भ हुने र यसको प्रस्थानविन्दु लोकतन्त्र र चुनौती विदेभ भएको राजपाको विश्लेषण छ ।

महोत्तरीको जलेश्वरमा राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरसहितका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्, जसको प्रस्तावनामा नै नेपाललाई ‘बहुराष्ट्रिय’ देश भनिएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan