Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अभिनेता दयाहाङकी श्रीमति बेनुका राईको नयाँ गीतको भिडियो सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ८ शुक्रबार
newsabhiyan
newsabhiyan

काठमाडौं । अभिनेता दयाहाङ राई चर्चामा आउनुअघि नै सांगीतिक क्षेत्रमा गायिकाको परिचय बनाएकी उनकी श्रीमति बेनुका राईको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।


दयाहाङ अभिनयमा चर्चामा आएपछि भने सांगीतिक क्षेत्रमा कमै सक्रिय देखिएकी बेनुकाले लामो समयपछि ‘जोगिया…’ बोलको गीत गाएकी हुन् । गीतमा शशी सुमनको शब्द र सचिन सिंहको संगीत रहेको छ ।

दयाहाङले निर्देशन गरेको कुमार नगरकोटीको नाटक ‘झ्यालिञ्चा’को थिममा भिडियो छायाँकन गरिएको छ ।

भिडियोको निर्देशन भने सोमनाथ खनालले गरेका हुन् ।


भिडियोको कोरियोग्राफी र नृत्य नम्रता केसीको छ भने ‘झ्यालिञ्चा’का कलाकार बिजय बराल, रञ्जना ओली र नाटक लेखक कुमार नगरकोटीपनि भिडियोमा देखिन्छन् ।

राष्ट्रिय गान ‘सयौंथुंगा फूलका हामी’ मा बेनुकाको पनि स्वर छ ।

उनको ‘आउन ठूले फर्कि आउ जोवन त्यसै ढल्नै लाग्यो नि’ बोलको गीत पहिला नै चर्चामा थियो ।

हेर्नुहोस भिडियो:


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan