Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मस्जीदमा भएको आक्रमणमा ५४ जनाको मृत्यु, ७५ जना घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ८ शुक्रबार
newsabhiyan

काएरो, ८ मङसिर (रासस÷सिन्ह्वा) : इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको एउटा मस्जीदमा शुक्रबार भएको आक्रमणमा परी कम्तीमा ५४ जनाको मृत्यु भएको छ ।

घटनामा परी अन्य ७५ जना घाइतेसमेत भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

शंकास्पद लडाकूहरुले आरिस सहरमा रहेको मस्जीदलाई लक्षित गरी बम र गोली प्रहार गरेको इजिप्टको सरकारी समाचार संस्था मेनाले उल्लेख गरेको छ ।

घटनामा परी घाइते भएकाहरुको स्थानीय विभिन्न अस्पतालहरुमा उपचार भइरहेको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

घाइतेहरु मध्ये केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरुले जानकारी दिएका छन् ।

मस्जीदमा प्रार्थना गर्न मुस्लीम धर्माबलम्बीहरु भेला भएका वेला आक्रमण भएकाले धेरै जना घाइते भएको बताइएको छ ।

घटनाका बारेमा थप अनुसन्धान सुरु गरिएको सुरक्षा निकायहरुलाई उद्धृत गर्दै सरकारी अधिकारीहरुले जनाएका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan