Thursday 18th of October | २०७५ कार्तिक १ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अर्को संकटको थालनी : ठूलो खतरा निमित्ने संकेत ! घात–अन्तर्घातको खुलासा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २२ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २२ मंसिर । इतिहासको लामो कालखण्ड हामीले शक्तिको केन्द्र को हुने भन्नेमा बितयौं । राणाशासन अन्त्यपछिको लामो अवधिमा पनि हामीले आफ्नो राज्यव्यवस्थालाई स्थिर र स्थापित गर्न सकेनौं । शक्ति आर्जनका लागि स्वदेशका जनताभन्दा विदेशीतिर मुख बाउने प्रवृत्ति नै लामो संक्रमित राजनीतिको कारण बन्यो ।

सात दशक लामो आधुनिक राजनीतिक कालखण्डमा हामीले थुप्रै संक्रमणकाल खेप्यौं । परिणाम, नेपाली समाज सधैं राजनीतिक अस्थिरता र असुरक्षा खेप्न अभिशप्त बन्यो ।

अब त्यो अध्याय सधैंका निम्ति अन्त्य भएको हो र ? २०६३ को जनआन्दोलनपछिको राजनीतिक व्यवस्थापनका क्रममा उत्पन्न अड्चन सकिएसँगै अस्थिरता, निराशा र कण्ठा हट्दै राजनीतिको नयाँ क्षितिज उघ्रिने विश्वास सबैमा छ ।

अबदेखि राजनीतिक खिचातानीमा अल्झेको खबर सुन्नुपर्दैन र नपरोस् भन्ने सबैको चाहना पनि हो । सँगै प्रश्न पनि छन्, के अब हाम्रो राजनीति स्थायित्वतर्फ अग्रसर होला ?

आशंका र अपेक्षा बोक्दै सुदूर सुन्दर भविष्यको कामना गर्दै लाखौं नेपाली वर्तमानले थोपरेका हजार पीडालाई पनि बिर्सिएर प्रचण्ड गर्मीदेखि कठोर ठिहीमा आफ्नो जीवनसमेतलाई जोखिममा धकेलेर मत दिन मतदान केन्द्रमा डोरिएका हुन् ।

३ असोज २०७२ मा घोषित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानअनुसार, पहिलो चोटी भएको निर्वाचन (पहिलो र दोस्रो चरण) ले दिने अभिमले धेरै हदसम्म मुलुकको राजनीतिको यात्रा तय गर्नेछ । हाम्रा अग्रज पुस्ताले, मुलुकका लागि सुन्दर भविष्यको रेखा कोर्ने वीर शहीदले सधै आफूलाई जीवनभन्दा माथि राखे र उत्सर्ग गरे ।

ती सबै संघर्ष र बलिदान फगत कुनै राजनीति दल तथा व्यक्तिलाई सत्तामा पुर्याउन अनि ओराल्न थिएन । थियो त, रोजगारीका नामा वृद्ध बाबुआमालाई रुवाउँदै, जवान पत्नी वा पतिलाई विश्वासको डोरीको कसम खाँदै हजार सपना पूरा गर्छु भन्ने कबोलवसहित, अबोध बालकको अनुहारमा शिक्षा र स्वास्थ्यको खुसी नचाउन खाडी, मलेसिया वा जोखिम श्रमको लागि मुग्लान भासिनुपर्ने नियतिको अन्त्य होस् भन्ने ।

टेलिभिजनका सेटमा देखिने विकास र समृद्धिका सपना आफ्नै पालामा आफ् नै घर आँगनमा उपभोग गर्न पाइयोस् । संसारकै सांग्रिला मानिने मुलुकलाई सत्ता र शक्ति प्राप्तिका लागि रगतको होली खेल्ने राजनीतिक सोचबाट बाहिर निकाल्न सकियोस् भन्ने नै हो ।

फेरि पनि मुलुकलाई राजनीतिक अन्धस्वार्थको बन्दी बनाएर अर्को प्रयोगशालाबाट रोक्नका लागि पनि यो निर्वाचन हो । निर्वाचनका बेला गरिएका भाषणमा देखाइएको त्रासका बाटो हुँदै मुलुक फेरि अर्को प्रयोगमा नजाओस् भन्ने हो । प्रजातन्त्रलाई शक्ति हत्याउने केवल एउटा भर्याङ नबनोस् भन्ने हो ।

एमाले र माओवादीको एकतासम्मको प्रयासले मुलुकलाई एकदलीय कम्युनिष्ट गर्तको यात्रामा नलतारोस् भन्ने हो । शासनसत्ताको बागडोर ज–जसको हातमा हुन्थ्यो–उसको बोली नै कानुन हुने राजनीतिक–सामाजिक पृष्ठभूमि र परिवेशबाट हुर्केको नेपाली समाजले निर्वाचनको अध्यास थालेको सात दशकमा हामीले प्रणालीलाई स्थायित्व दिन सकेनौं ।

हामीलाई त्यो बाटोमा अभ्यस्त गर्नै दिइएन । घरभित्र हामी सत्तामा पुग्न विचार, सिद्धान्त, नीति सबै तिलाञ्जली दिन तयार भयौं । घरबाहिरका संस्था वा व्यक्ति हामी सधैं परनिर्भर भएको मात्रै कसैले कुनै दुविधा पालिरहनुपर्ने कुनै कारण छैन ।

धेरै असन्तुष्टि र आलोचनाका बीच पनि कांग्रेस नेतृत्वको वर्तमान सरकारले यो निर्वाचन सफलताका साथ सम्पन्न गराएको छ । प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवाका कार्यशैलीगत कमजोरी भए पनि यस निर्वाचन दुनियाँले आशंका गरिरहँदा पनि सम्पन्न गराएकोले उहाँ बधाइका पात्र बन्नुभएको छ ।

हुन त इतिहास साक्षी छ, राष्ट्रको जीवनमा आएका थुप्रै घुम्तीमा कांग्रेसले मुलुकको परिवर्तनको नेतृत्व र जिम्मेवारी पूरा गरेको छ । कम्युनिष्ट दलका नाममा सधै सत्तामा लिप्त रहन अभिशप्त केही दल खासमा एमालेले कांग्रेस नेतृत्वको आलोचनामा जति  नै ब्याट्री खर्च गरे पनि तथ्य र सत्य यो देशमा परिवर्तनको अगुवा कांग्रेस र जिम्मेवारी पूरा गर्ने काम कांग्रेसबाटै भएको हो ।

घात–अन्तर्घातको खुलासा
दुवै चरणको निर्वाचन सकिएलगत्तै राजनीतिक दलभित्र र बाहिरबाट भएका घात–अन्तर्घात केलाउन सुरु भएको छ । निर्वाचनमा विपक्षीबाट भन्दा आफ्नै पक्षधरको धोकाधडीका कारण हारजित हुने परिपाटी यसपालिसमेत भएको छ ।

विशेषगरी नेपाली कांग्रेसभित्र घात–अन्तर्घातको रोगले यसपटकको निर्वाचनमा समेत छाडेन । अन्तर्घातका कारण धेरै उम्मेदवार जित्न सक्ने अवस्थामा भए पनि हार्नुपर्ने भएको छ । निर्वाचनमा टिकट बाँडफाँडमा व्यापक असन्तुष्टि थियो । संस्थागत पक्षले टिकट बाँड्दा अर्को पक्षलाई बेवास्ता गर्यो ।

यसको उदाहरण धनराज गुरुङ, गुरुराज घिमिरेलगायतका होनहार युवा नेताले टिकट नपाउनुमा देखियो । उहाँहरु सबै वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुनुहुन्थ्यो । निर्वाचनमा स्थानीय तहमा भिजेका र काम गरेका उम्मेदवारलाई पन्छाउने काम भोजपुरमा भयो ।

उमेशजंग रायमाझीले देउवाको आर्शिवादले टिकट पाएन हेलिकोप्टर चढेर उम्मेदवारी दर्ता गर्नुभएपछि भोजपुर केन्द्र बनाएर काम गर्ने कार्यकर्ता टिकटबाट बञ्चित भए । भक्तपुरमा निवर्तमान सांसद रामेश्वर ढुंगेललाई पन्छाएर दमननाथ ढुंगानालाई टिकट दिइयो ।

काठमाडौं क्षेत्र नम्बर ५ मा अन्तिम समयमा आएर डा.प्रकाशशरण महतलाई टिकट दिइयो । यस्ता घटनाले लामो समय दुःख गरेका स्थानीय कार्यकर्ता असन्तुष्ट भए । त्यस्ता, क्षेत्रमा भूगोल बुझेका कार्यकर्ता निष्क्रिय भएका छन् । संस्थापन पक्षको गतिविधिले कांग्रेसभित्र अन्तर्घातले पुनः ठाउँ पाएको छ ।

कतिपय स्थानमा संस्थापन पक्षका नेता–कार्यकर्ताले आधिकारिक उम्मेदवारलाई असहयोग गरेका छन् । लोकतान्त्रिक शक्तिसँग तालमेल नमिल्दा धेरै स्थानमा कांग्रेस नोक्सानीमा परेको छ । झापामा कृष्णप्रसाद सिटौला र राजेन्द्र लिङदेनबीच कुरा मिलाउन नसक्दा दुईमध्ये एक जना निश्चित रुपमा पराजित हुने अवस्था बनेको छ, विमर्शमा उल्लेख छ ।

धनुषामा विमलेन्द्र निधि र राजेन्द्र महतोबीच प्रतिष्पर्धा देखियो । ललिपतुरमा केशवबहादुर विष्टसँग कुरा मिलाउन नसक्दा तीन वटै क्षेत्रमा कांग्रेसलाई सकस परेको छ । विष्ट क्षेत्र नं. १ र ३ मा प्रभावशाली व्यक्ति हुनुहुन्छ । दुईमध्ये एक क्षेत्रमा उहाँले आफ्ना छोरा विराजविक्रम विष्टका लागि छाडिदिन आग्रह गर्नुभएको थियो । त्यहाँ मिलाउन सकेको भए तीन वटै क्षेत्रमा लोकतान्त्रिक शक्तिकोउ जित सुनिश्चित थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan