Friday 19th of January | २०७४ माघ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कञ्चनपुर–१ मा बिना मगर भारी मतले निर्वाचित

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २५ सोमबार
newsabhiyan

भीमदत्तनगर, २५ मंसिर (रासस) ः कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभामा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार रहनुभएका माओवादी केन्द्रकी नेत्री बिना मगर भारी मतअन्तरले निर्वाचित हुनुभएको छ ।

उहाँले प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिवानसिंह विष्टलाई १९ हजार २४८ मतअन्तरले पराजित गर्नुभएको निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिनुभयो । उहाँले दिएको जानकारीअनुसार निर्वाचित बिनाले ३८ हजार ४६७ र नेपाली काँग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २१९ मत प्राप्त गर्नुभएको छ ।

यसअघि आइतबार उक्त क्षेत्रको प्रदेशसभा ‘क’मा नेकपा (एमाले) का अध्यक्ष तारालामा तामाङ प्रदेशसभा सदस्यमा विजयी हुनुभएको थियो । २०७० सालको संविधानसभाको निर्वाचनमा मगर काँग्रेसकी विष्टसँग पराजित हुनुभएको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan