Thursday 26th of April | २०७५ बैशाख १३ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विनोदकुमार गुप्ताले पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीलाई पठाए यस्तो पत्र !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २५ सोमबार |
newsabhiyan
newsabhiyan

सादर नमस्कार, आगे तपाईंको मिति २०७४/७/२५ को हवाइपत्र प्राप्त भयो । नेपाली जनतासँग सोभैm गर्न खोज्नुभएको संवादको प्रशंसा नगरी रहन सकिनँ । तपाईंको पत्रलाई आद्योपान्त पढें । पढेर मनमा उठेका केही जिज्ञासा तपाईंसमक्ष राख्ने जमर्को गर्दैछु । विश्वास छ, अन्यथा लिनु हुनेछैन ।

पत्रको पहिलो भागमा तपाईंले अनेकौं विघ्नबाधा र कठिनाईहरूका बावजुद निरन्तरको खबरदारी र दबाबले मुलुकमा संविधान बनेको र सो संविधान अन्तर्गत स्थानीय तहको निर्वाचन सम्पन्न भई अहिले प्रदेश र केन्द्रको चुनाव हुन लागेको उल्लेख गर्दै संविधानसभाले बनाएको ऐतिहासिक संविधान कार्यान्वयन गराउन समय यही हो लेख्नुभएको छ ।

यस सम्बन्धमा मेरो भन्नु के छ भने संविधान भनेकै सम्मतिको विधान हो । तर यो संविधान जारी हुँदा सम्पूर्ण देशको तराई आन्दोलनरत भयो र सरकारले ५४ जना निहत्था नागरिकको ज्यान लियो । यो तथ्यलाई कसैले नकार्न सक्दैन ।

त्यसैले मेरो प्रश्न के हो भने ५४ जनाको रगतले पोतिएकोले यो संविधान ऐतिहासिक हो भन्न खोज्नुभएको हो कि अन्य कुनै कारणले । ६ महिनासम्म मधेस र मधेसी पूरै आन्दोलनमा होमिए । यस दौरान उनीहरूको माग जायज–नाजायज के छ भनेर सुन्नुको सट्टा गोली र डण्डा चलाउनुभयो ।

मधेसीहरूको माग नाजायज नै हो भने किन पछि फेरि संशोधन ल्याउनुप¥यो त १ स्थानीय तह र अहिले प्रदेश एवं केन्द्रको निर्वाचनसम्म आइपुग्दा दुईतिहाई बहुमतको उद्घोष गर्ने तपाईं र तपाईंका दलका नेताहरूले आप्mनो घोषणापत्रमा वा चुनावीसभामा मधेसको माग नाजायज यस कारणले हो र राष्ट्रहितमा यो पूरा गर्न सकिन्न वा यो जायज छ र यसलाई वाम गठबन्धनको सरकारले पूरा गर्छ भन्न किन नसक्नुभएको ? भाषण गर्दासमेत पूर्व–पश्चिम राजमार्गभन्दा दक्षिण ओर्लन सक्नुभएको छैन । मधेसका जनता तपाईंको दलका होइनन् भन्ने ठान्नुहुन्छ कि मधेस नेपालमा पर्दैन भन्ने लागेको छ ।

पत्रको दोस्रो भागमा भौगोलिक, सामाजिक, सांस्कृतिकलगायत भरिएको नेपालको प्रशंसा गर्दै जनशक्ति, कृषि, खानी र वनजङ्गललगायत विभिन्न सेवा व्यवसायको विकास गरी देशमा रोजगार सिर्जना गर्ने कुरा गर्नुभएको छ । जलशक्ति विकास गर्न भारतसँग गराउनुभएको महाकाली सन्धि अभैm कार्यान्वयनमा आउन सकेको छैन भने मुस्ताङतर्पm तपाईंको कार्यकालमा फेला परेको नुनखानी र पेट्रोलखानी र काठमाडौंको ग्याँस तपाईं तराईबाट हराएजस्तै हराएको अनुभूति मैले गरेको छु । कृषिको त कुरै नगरौं ।

अन्नको भण्डार भनिने तराईमा २०६२ को आन्दोलनपश्चात् यति लगानी गर्नुभयो कि २०५८ सालमा १९ प्रतिशत रहेको गरिबी २०६८ सालको जनगणनामा २४ प्रतिशत पुग्यो । धोती लगाउने हामी मधिसेलाई योभन्दा ठूलो उपहार अरू के हुन सक्छ ? वनजङ्गलको कुरा गर्दा त अब विदेशबाटै काठ ल्याएर नेपाल बनाउन थालिएपछि वनजङ्गलको विकास नहुने कुरै भएन ।

यसै भागमा तपाईंले अगाडि लेख्नुभएको छ– ‘हाम्रा दुई मूल उद्देश्य छन्, धर्तीको संरक्षण र मानव जातिको सुख समृद्धि ।’ समृद्ध, समतायुक्त र सभ्य समाजको निर्माण गर्नुछ । तपाईंको यो महान् वाणीभित्र मधेस अटाउँछ कि अटाउँदैन । मधेसका जनता तपाईंको मानवजातिको समृद्धिको सपनाको परिधिमा पर्छ कि पर्दैन ?

यो प्रश्न किन सोध्न मन लाग्यो भने प्रदेशको सीमा छुट्याउँदा प्रदेश नं. २ को ८ जिल्लालाई भौगोलिकरूपले पहाडबाट अलग छुट्याएर तपाईंको सरकारले के देखाउन खोजेको हो स्पष्ट भएन । यस पछाडि कुनै बदनियत थिएन भने पूर्व र पश्चिमको अन्य प्रदेशलाई पनि पहाडसँग गाभेर किन बनाइयो ?

जहाँसम्म तपाईंहरूको वाम गठबन्धन र एकताको कुरा छ त्यसमा तपाईंहरू मिल्नु आश्चर्यजनक छैन तर मिल्ने समय भने आश्चर्यजनक हुन पुगेको छ । सम्पूर्ण विश्वमैं कम्युनिस्ट आन्दोलन सेलाउँदै गएको बेला र अग्रणी कम्युनिस्ट देश रूस र चीनले समेत खुला बजारको आर्थिक नीति अवलम्बन गरिसकेको बेला भएकोले तपाईंहरूको निर्णय सत्यलाई अस्वीकार गर्ने खालको भएकोले आश्चर्य लागेको हो ।

यो आश्चर्यलाई तपाईंले विपक्षी डराएको संज्ञा दिनुभएको रहेछ । तपाईंहरूसँग डराउनुपर्ने कारण त केही छैन । किनभने नाम कम्युनिस्ट भए पनि कम्युनिस्ट सिद्धान्तको तपाईंको दल र तपाईंहरूले व्यक्तिगत तवरमा समेत कुनै बुँदाको पालना गर्नुभएको मैले पाएको छैन ।

हो कम्युनिस्टको नाम बोकेर, भारतको विरोध गरेर नेपालमा भूmटो राष्ट्रवादको खेती गरेर सत्तामा पुग्ने रणनीति भने बनाउन सफल हुनुभएको छ । त्यसको लागि तपाईं बधाईको पात्र हुनुहुन्छ । तर मेरो यो भन्नुको तात्पर्य तपाईं भारतपरस्त हुनुस् भनेको होइन ।

तर तपाईंले एउटा वास्तविकता, जुन घामजस्तै छर्लङ्ग छ, बुझिदिनुप¥यो । त्यो के हो भने २१ औं सदी आत्मनिर्भरताको युग होइन, यो अन्तरनिर्भरता र अन्तत्र्रिmयाको युग हो । त्यसैले देशको सर्वोच्च एवं गरिमामय प्रधानमन्त्रीको पदमा पुगिसक्नुभएको तपाई तीन करोड नेपालीको प्रधानमन्त्री वा अध्यक्ष कसरी बन्ने भन्ने सोच विकसित हुनुप¥यो, गर्नुप¥यो ।

एमालेकै बहुचर्चित नेता स्व. मदन भण्डारीले शुरुका दिनमा गर्नुभएको काङ्ग्रेस र भारतसम्बन्धी अभिव्यक्ति कालान्तरमा नरम एवं आदरयुक्त हुन थालेपछि पत्रकारहरूले राखेको जिज्ञासामा यो सबै अनुभवले गर्दा भएको हो भन्ने अभिव्यक्ति तपाईंलाई पक्कै सम्झना होला ।

उहाँको विचार तपाईंको पनि पथ प्रदर्शक बनोस् भन्ने शुभकामनाका साथ अहिलेलाई यही रोकिन्छु । अन्यथा केही पर्न गएको भए एउटा मधेसी नेपालीको भावना भनेर बुझिदिनुहोला । दुईतिहाई त के तपाईंको राष्ट्रवाद साँचो हो भने तपाईंको गठबन्धनलाई तीनतिहाई नै भोट आओस् भन्ने कामना गर्दछु ।
तपाईंकै : विनोदकुमार गुप्ता, वीरगंज


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan